नकआउटमा भिड्नदै यि चार टिम, पोर्चुगल र उरुग्वे तथा स्पेन र रुस,स्पेन र पोर्चुगलले जित्ने पक्का



हाम्रो इकोनोमि

 

 

विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा स्पेन र रुस तथा उरुग्वे र पोर्चुगल भिड्ने भएका छन् । समुह ‘ए’ र ‘बी’को सबै खेल सकिएसंगै प्रि–क्वाटरफाइनलमा भेट हुने टिमको टुङ्गो लागेको हो ।

सोमबार राती भएको समुह ए को अन्तिम खेलमा रुसलाई ३–० ले हराउँदै उरुग्वे समुह विजेताका रुपमा अन्तिम १६ मा पुग्दा रुस उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

यता समुह बी बाट भने मोरक्कोसंग २–२ गोलको बराबरी खेलेपनि  समुह विजेता बन्दै स्पेन प्रि–क्वाटर फाइनलमा पुग्दा पोर्चुगल इरानसंग १–१ को बराबरी खेल्दै समुह उपवितेजाको रुपमा अन्तिम १६ मा पुगेको हो ।

अब असार १६ गते समुह ए को विजेता उरुग्वे र समुह बी को उपविजेता पोर्चुगलबीच भिडन्त हुनेछ । यी दुई देशबीचको खेल राती ११ः४५ मा हुनेछ ।

यस्तै समुह ए को उपविजेता रुस र समुह बीको विजेता स्पेनबीचको खेल भने असार १८ गते हुनेछ । यी दुई देशको खेल बेलुका ७ः४५ मा हुनेछ ।

समूह बीका दुवै खेलको परिणाम अन्तिम समयमा नाटकीय रुपमा परिवर्तन भएपछि समूह विजेताको हकमा स्पेन भाग्यमानी देखियो । खेलको अन्तिम मिनेटमा लागो आसपासले गरेको गोल रेफ्रीले अफसाइड दिए पनि भिडियो रेफ्रीले मान्यता लिएपछि स्पेनले सनसनीपूर्ण २–२ को बराबरी गर्न सफल भयो ।

यसले स्पेनलाई धेरै फाइदा पुग्यो भने यस्तै अर्को घटना पोर्चुगल र इरानको खेलमा पनि देखियो । तर, यसले पोर्चुगललाई घाटा लाग्यो । पोर्चुगल जिततर्फ उन्मुख थियो । तर, ६ मिनेटको इन्ज्यूरी समयको तेस्रो मिनेटमा भिडियो असिस्टेन्ट रेफ्रीले इरानलाई पेनाल्टी अवसर दिए । जहाँ करिम अन्सारीफार्डले बराबरी गोल गरे । यस समूहबाट मोरक्को र इरान बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...