विश्वकपमा आजका खेल कहाँ कुन बेला ? स्पेन र पोर्चुगललाई अवसर र खतरा



विश्वकप फुटबल अन्तर्गत सोमबारदेखि समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । यो चरणका खेलले अन्तिम १६ मा पुग्ने टिमको टुंगो लगाउने छ भने समूह विजेता र उपविजेताको पनि ।

सोमबार समूह ए र बी का अन्तिम चरणका खेल हुनेछन् । समूह ए अन्तर्गतका दुई खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । समारा एरिनामा उरुग्वेले रुस तथा भोल्गोग्राड एरिनामा साउदी अरेबियाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

यो समूहबाट आयोजक रुस र उरुग्वेले अन्तिम १६ मा स्थान बनाएका छन् । अब उरुग्वेसँगको खेलमा हारबाट जोगिएमा रुस समूह विजेता बन्ने छ । यो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् ।

समूह बी अन्तर्गतका दुई खेल नेपाली समय अनुसार साती पौने १२ बजे हुने छन् । स्पेनले मोरक्कोसँग कालिनिन्ग्राड रंगशालामा तथा पोर्चुगलले इरानसँग मोर्डोभिक एरिनामा प्रतिस्पर्धा गर्नेछ ।

यो समूहमा अवस्था केही फरक छ । मोरक्कोसँगको खेलमा बराबरी गरेमा पनि स्पेन अघिल्लो चरण जानेछ । तर स्पेन हारेमा पनि उसको सम्भावना छ । त्यसका लागि पोर्चुगल इरानसँग फराकिलो अन्तरले पराजित हुनु पर्छ वा यो खेलमा कम गोलको बराबरी भएमा स्पेन मोरक्कोसँग एक गोल अन्तरले मात्रै पराजित भएको हुन पर्छ अघिल्लो चरण प्रवेशका लागि ।

पोर्चुगलको कुरा गर्दा इरानसँगको खेलमा बराबरी गरेमा पनि उ अघिल्लो चरण जाने छ । यदी स्पेन र पोर्चुगल दुवै पराजित भए भने बढी गोल अन्तरले पराजित हुने टिम बाहिरिने छ । यदी दुवै टिम विजयी भए भने बढी गोल अन्तरले विजयी हुने टिम समूह विजेता बन्ने छ ।

यो समूहको शीर्ष दुईमा रहेका टिमको अंक, गरेको गोल र गोल अन्तर समान छ । अन्तिम खेल पछि पनि यस्तै रह्यो भने फेयर प्लेका आधारमा समूह विजेता छानिने छ । यसरी हेर्दा अहिलेसम्म स्पेनले एउटा तथा पोर्चुगलले दुईवटा पहेँलो कार्ड पाएका छन् ।

इरानले पोर्चुगलसँगको खेल जितेमा उसले अघिल्लो चरणमा स्थान बनाउने छ र स्पेनले मोरक्कोमाथि जित ननिकालेमा उ समूह विजेता पनि बन्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको