विश्वकपमा आजका खेल कहाँ कुन बेला ? स्पेन र पोर्चुगललाई अवसर र खतरा



हाम्रो इकोनोमि

विश्वकप फुटबल अन्तर्गत सोमबारदेखि समूह चरणका अन्तिम खेलहरु सुरु हुँदैछन् । यो चरणका खेलले अन्तिम १६ मा पुग्ने टिमको टुंगो लगाउने छ भने समूह विजेता र उपविजेताको पनि ।

सोमबार समूह ए र बी का अन्तिम चरणका खेल हुनेछन् । समूह ए अन्तर्गतका दुई खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । समारा एरिनामा उरुग्वेले रुस तथा भोल्गोग्राड एरिनामा साउदी अरेबियाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ ।

यो समूहबाट आयोजक रुस र उरुग्वेले अन्तिम १६ मा स्थान बनाएका छन् । अब उरुग्वेसँगको खेलमा हारबाट जोगिएमा रुस समूह विजेता बन्ने छ । यो समूहबाट इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् ।

समूह बी अन्तर्गतका दुई खेल नेपाली समय अनुसार साती पौने १२ बजे हुने छन् । स्पेनले मोरक्कोसँग कालिनिन्ग्राड रंगशालामा तथा पोर्चुगलले इरानसँग मोर्डोभिक एरिनामा प्रतिस्पर्धा गर्नेछ ।

यो समूहमा अवस्था केही फरक छ । मोरक्कोसँगको खेलमा बराबरी गरेमा पनि स्पेन अघिल्लो चरण जानेछ । तर स्पेन हारेमा पनि उसको सम्भावना छ । त्यसका लागि पोर्चुगल इरानसँग फराकिलो अन्तरले पराजित हुनु पर्छ वा यो खेलमा कम गोलको बराबरी भएमा स्पेन मोरक्कोसँग एक गोल अन्तरले मात्रै पराजित भएको हुन पर्छ अघिल्लो चरण प्रवेशका लागि ।

पोर्चुगलको कुरा गर्दा इरानसँगको खेलमा बराबरी गरेमा पनि उ अघिल्लो चरण जाने छ । यदी स्पेन र पोर्चुगल दुवै पराजित भए भने बढी गोल अन्तरले पराजित हुने टिम बाहिरिने छ । यदी दुवै टिम विजयी भए भने बढी गोल अन्तरले विजयी हुने टिम समूह विजेता बन्ने छ ।

यो समूहको शीर्ष दुईमा रहेका टिमको अंक, गरेको गोल र गोल अन्तर समान छ । अन्तिम खेल पछि पनि यस्तै रह्यो भने फेयर प्लेका आधारमा समूह विजेता छानिने छ । यसरी हेर्दा अहिलेसम्म स्पेनले एउटा तथा पोर्चुगलले दुईवटा पहेँलो कार्ड पाएका छन् ।

इरानले पोर्चुगलसँगको खेल जितेमा उसले अघिल्लो चरणमा स्थान बनाउने छ र स्पेनले मोरक्कोमाथि जित ननिकालेमा उ समूह विजेता पनि बन्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...