फिल्म प्रचारका लागि ¥याम्पमा शिव



नयाँ फिल्म आउनेबित्तिकै त्यसको प्रचारको लागि फिल्मकर्मी विचिन्न तरिकाले प्रचारप्रसारमालाज्नेगरेका छन् यस्तैमा अहिले फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को प्रचारका लागि फेसन शोमा नायक शिव श्रेष्ठ याम्पमाउत्रिएका छन् । भर्खरै छायांकन सकिएको यो फिल्म आउँदो भदौमा रिलिज लक्ष्य रखिएको छ । फिल्मको अफिसियल प्रदर्शन घोषणा भने गरिएको छैन । तर, निर्माण टिमले अघोषित रुपमा प्रचार प्रसार सुरु गर्दै राजधानीमा एक ’फेशन शो’ गरेको छ ।
‘स्टार अन दि रेड कार्पेट’ नाम दिइएको शोमा दुई दर्जन बढी मोडलले बिरालोको चालमा ¥याम्प नापे । जहाँ मुख्य आकर्षण भए पुराना अभिनेता शिव श्रेष्ठ । शिवको आगमनसँगै सिट्ठी र ताली बज्यो, ‘शो’ को उद्घाटन भएको थियो ।
‘प्रोमोशनल इभेन्ट अफ एउटा यस्तो प्रेम कहानी’ सब टाइटलमा सम्पन्न शोज फिस्टेल मुभिजको आयोजनामा सम्पन्न भएको थियो । जहाँ अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिमको तर्फबाट तयार नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभुषा, पार्टी कलेक्सनसँगै विश्वकप फुटवल विशेष कलेक्सनमा मोडलहरुले र्याम्प नापेका थिए ।

अग्रपंक्तिका कलाकार उपस्थित हुन नसक्दा अभिनेता नरेन खड्का, अभिनेत्री रेखा फागो, बिष्णु चेमजोङ र बालकलाकार संवेग दर्शनधारीले फिल्मको तर्फबाट प्रस्तुति दिँदा गायक विश्व नेपाली, अस्मिता परियार, बिष्णु चेमजोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुशि नेपालीले उपस्थित दर्शकलाई गायनसँगै नृत्यको माध्यमबाट मनोरञ्जन प्रदान गरेका थिए ।
फिल्म ‘एउटा यस्तो प्रेम कहानी’लाई दिपेश सापकोटाले निर्देशन गरेका छन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, सञ्जोग कोईराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागो, सुष्मा कार्की, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुब कोईराला, बिष्णु चेमजोङ, लगायत लिड अभिनयमा छन् ।
फिस्टेल मुभिज र ट्रि इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मको कथा शिव श्रेष्ठको छ । फिल्मको निर्मातामा शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा रआई छन् भने सह निर्मातामा सुनिल कटवाल, रामनारायण शाह, दिनेश थापा, सुजन गौतम, खुम तामाङ र तारा तुलाधर छन् । सुशन प्रजापतिले फिल्म खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका