अर्जेन्टिनी क्याम्पमा विद्रोह, अब मेस्सीले खेलाडी छान्‍ने, प्रशिक्षकविरुद्ध विद्रोह



हाम्रो इकोनोमि

‘गर या मर’को अवस्थामा पुगेका अर्जेन्टिनाका खेलाडीहरुले प्रशिक्षकविरुद्ध विद्रोह गरेका छन् । प्रशिक्षक जर्ज साम्पाओलीको गलत निर्णयका कारण गतिलो प्रदर्शन गर्न नसकेको भन्दै खेलाडीहरुले उनीविरुद्ध विद्रोह गरेका हुन् ।

क्रोएसियाविरुद्धको खेलमा हार बेहोरेपछि प्रशिक्षक साम्पाओलीले खेलाडीहरुमाथि दोष थोपरेका थिए । प्रशिक्षकको व्यबहारबाट रुष्ट बनेका खेलाडीले उनीविरुद्ध विद्रोह गरेका हुन् । उनीहरुले प्रशिक्षक साम्पाओलीलाई खेलाडी छनोट नै गर्न नदिने गरि अधिकार विहिन बनाउने तयारी गरेका छन् ।

आइसल्याण्डसंग बराबरी खेलेको अर्जेन्टिनाले समुह चरणको दोस्रो खेलमा क्रोयसियासंग ३–० गोल अन्तरले पराजित भएको थियो । उसले सन् १९५८ पछि पहिलो पटक समुह चरणमा यति धेरै लजास्पद हार बेहोरेको हो ।

लगातार खराब प्रदर्शन गरेको अर्जेन्टिनाले असार १२ गते हुने समुह चरणको आफ्नो अन्तिम खेलमा नाइजेरियालाई फराकिलो गोल अन्तरले पराजित गर्नै पर्नेछ । यदि नाइजेरियालाई पराजित गर्न नसकेको खण्डमा अर्जेन्टिना समुह चरणबाटै घर फर्किनु पर्नेछ ।

यस्तो बाध्यतामा टिम रहेका बेला खेलाडीहरुले प्रशिक्षकविरुद्ध विद्रोह गर्दै खेलाडी छनोट समेतको अधिकार खोस्न लागेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार खेलाडीहरुले यस विषयमा अर्जेन्टिनी फुटबल एसोसिएसनका म्यानेजर जर्ज बुरुचागासँग पनि छलफल गरेका छन् ।

सन् १९८६ मा विश्वविजेता अर्जेन्टिनी टोलीका सदस्य रहेका रिकार्डो जिउस्टीले बुरुचागासँग आफूले पनि कुरा गरेको र अब नाइजेरियाको खेलअघि खेलाडीहरुसँग छलफल गरिने दाबी गरे ।

उनका अनुसार नाइजेरियासंगको खेलमा सम्पूर्ण निर्णय आफू लिन पाउने छैनन् । यसका लागि उनले लियोनल मेस्सी र ह्याभियर मास्चेरानोसँग छलफल गर्नुपर्ने छ ।

अर्जेन्टिनी फुटबल एसोसिएसनले नाइजेरियासंगको खेलमा कप्तान मेसीलाई खेलाडी छनोटको अधिकार दिन सक्ने बताइएको छ । तर, यसको निर्णय भने भएको छैन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...