जोगियो जर्मनी, अन्तिम मिनेटमा स्वीडेन पराजित



हाम्रो इकोनोमि

विश्वकप २०१८ को समूह एफको आफ्नो दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै नकआउट चरणमा जाने सम्भावना जिवितै राखेको छ।

निर्धारित समय सकिएपछि थपिएको ५ मिनेटको पाँचौ मिनेटमा जर्मनीले गोल गर्दै स्वीडेनलाई पराजित गरेको हो। पहिलो हाफमा जर्मनीले गोल खाएको थियो।

स्वीडेनका लागि ओआए टोइभोनेनले गोल ३२ औँ मिनेटमा गोल गरेर जर्मनीलाई दबाबमा राखेका थिए।  जसको जवाफमा जर्मनीका मार्को रुइसले ४८ औँ मिनेटमा बराबरी गोल फर्काए। तर, बराबारीले अर्को चरणमा जाने सम्भावना न्यून हुने अवस्थामा रहेको जर्मनीका लागि टोनी क्रुसले थपिएको समयको ५औँ मिनेटमा गोल गरेका हुन्।

जर्मनीका मार्को रुइस म्यान अफ द म्याच घोषणा भए।  जर्मनीका जेरोमी बोटिङ दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएसँगै दबाबमा परेको थियो। तर, अन्तिम मिनेटमा उसलाई राहत मिलेको हो।

पहिलो खेलमा जर्मनी मेक्सिकोसँग पराजित भएको थियो भने स्वीडेनले दक्षिण कोरियालाई पराजित गरेर तीन अंक सुरक्षित गरेको थियो।  समूह एफको शिर्ष स्थानमा ६ अंकका साथ मेक्सिको रहेको छ। जर्मनी दोस्रो र स्वीडेन तेस्रो स्थानमा छन्। दक्षिण कोरिया भने अंकविहीन पुछारमा रहेको छ

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...