जोगियो जर्मनी, अन्तिम मिनेटमा स्वीडेन पराजित



विश्वकप २०१८ को समूह एफको आफ्नो दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै नकआउट चरणमा जाने सम्भावना जिवितै राखेको छ।

निर्धारित समय सकिएपछि थपिएको ५ मिनेटको पाँचौ मिनेटमा जर्मनीले गोल गर्दै स्वीडेनलाई पराजित गरेको हो। पहिलो हाफमा जर्मनीले गोल खाएको थियो।

स्वीडेनका लागि ओआए टोइभोनेनले गोल ३२ औँ मिनेटमा गोल गरेर जर्मनीलाई दबाबमा राखेका थिए।  जसको जवाफमा जर्मनीका मार्को रुइसले ४८ औँ मिनेटमा बराबरी गोल फर्काए। तर, बराबारीले अर्को चरणमा जाने सम्भावना न्यून हुने अवस्थामा रहेको जर्मनीका लागि टोनी क्रुसले थपिएको समयको ५औँ मिनेटमा गोल गरेका हुन्।

जर्मनीका मार्को रुइस म्यान अफ द म्याच घोषणा भए।  जर्मनीका जेरोमी बोटिङ दोहोरो पहेँलो कार्ड पाएर बाहिरिएसँगै दबाबमा परेको थियो। तर, अन्तिम मिनेटमा उसलाई राहत मिलेको हो।

पहिलो खेलमा जर्मनी मेक्सिकोसँग पराजित भएको थियो भने स्वीडेनले दक्षिण कोरियालाई पराजित गरेर तीन अंक सुरक्षित गरेको थियो।  समूह एफको शिर्ष स्थानमा ६ अंकका साथ मेक्सिको रहेको छ। जर्मनी दोस्रो र स्वीडेन तेस्रो स्थानमा छन्। दक्षिण कोरिया भने अंकविहीन पुछारमा रहेको छ

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्