ट्यूनिसियाविरुद्ध बेल्जियमले निकाल्यो शानदार जित, बेल्जियमले ५–२ गोल अन्तरले जित्यो



रसियामा जारी विश्वकप २०१८ को खेलमा ट्यूनिसियाबिरुद्धको खेलमा बेल्जियमले ५–२ गोल गर्दै जित निकालेको छ ।

बेल्जियमले खेलको सुरुवातीमै अग्रता लिएको थियो । एडिन हजार्डले खेलको ६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

यसैगरी खेलको १६ औं मिनेटमा बेल्जियमका खेलाडी रोमेलु लुकाकुले अग्रता दोब्बर पारे ।

तर, त्यसको दुई मिनेटपछि नै ट्युनिसियाका लागि वहाबी खाज्रीको पासमा डायलिन ब्रोनले एक गोल फर्काएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा थोमास मुनियरको पासमा लुकाकुले खेलमा व्यक्तिगत दोस्रो तथा बेल्जियमका लागि तेस्रो गोल गरे ।

पहिलो हाफको खेलमा ३–१ले पछाडी परेको ट्यूनिशियाविरुद्ध दोस्रो हाफको ५१ औं मिनेटमा बेल्जियमका एडिन हजार्डले चौथो गोल गरे । त्यस्तै खेलको ९० औं मिनेटमा बेल्जियमका बात्सुयाइले गोल गरे ।

५–१ ले पछि परेको अवस्थामा पनि ट्यूनिशियाले अतिरिक्त समयमा थप अर्को गोल गर्यो । ट्यूनिशियाका खेलाडी वबी खजारीले खेलको ९३ औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

दुई टोलबीच यो चौँथो भिडन्त हो । यसअघि भएका तीन भिडन्तमा बेल्जियम र ट्युनिसियाले एक एकमा जीत हासिल गरेका छन् भने एकमा बराबरी भएको थियो ।

विश्वकपमा भने यी टोलीको दोस्रो भिडन्त हो । सन् २००२ को विश्वकपमा दुई टोलीबीचको खेल १–१ को बराबरीमा सकिएको थियो

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्