ट्यूनिसियाविरुद्ध बेल्जियमले निकाल्यो शानदार जित, बेल्जियमले ५–२ गोल अन्तरले जित्यो



हाम्रो इकोनोमि

रसियामा जारी विश्वकप २०१८ को खेलमा ट्यूनिसियाबिरुद्धको खेलमा बेल्जियमले ५–२ गोल गर्दै जित निकालेको छ ।

बेल्जियमले खेलको सुरुवातीमै अग्रता लिएको थियो । एडिन हजार्डले खेलको ६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

यसैगरी खेलको १६ औं मिनेटमा बेल्जियमका खेलाडी रोमेलु लुकाकुले अग्रता दोब्बर पारे ।

तर, त्यसको दुई मिनेटपछि नै ट्युनिसियाका लागि वहाबी खाज्रीको पासमा डायलिन ब्रोनले एक गोल फर्काएका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा थोमास मुनियरको पासमा लुकाकुले खेलमा व्यक्तिगत दोस्रो तथा बेल्जियमका लागि तेस्रो गोल गरे ।

पहिलो हाफको खेलमा ३–१ले पछाडी परेको ट्यूनिशियाविरुद्ध दोस्रो हाफको ५१ औं मिनेटमा बेल्जियमका एडिन हजार्डले चौथो गोल गरे । त्यस्तै खेलको ९० औं मिनेटमा बेल्जियमका बात्सुयाइले गोल गरे ।

५–१ ले पछि परेको अवस्थामा पनि ट्यूनिशियाले अतिरिक्त समयमा थप अर्को गोल गर्यो । ट्यूनिशियाका खेलाडी वबी खजारीले खेलको ९३ औं मिनेटमा दोस्रो गोल गरेका हुन् ।

दुई टोलबीच यो चौँथो भिडन्त हो । यसअघि भएका तीन भिडन्तमा बेल्जियम र ट्युनिसियाले एक एकमा जीत हासिल गरेका छन् भने एकमा बराबरी भएको थियो ।

विश्वकपमा भने यी टोलीको दोस्रो भिडन्त हो । सन् २००२ को विश्वकपमा दुई टोलीबीचको खेल १–१ को बराबरीमा सकिएको थियो

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...