विश्वकपमा आजका खेल : जमर्नीमाथि दबाब, मेक्सिकोमा उत्साह



हाम्रो इकोनोमि

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणमा दोस्रो लहरका खेलहरु भइरहेका छन् । त्यही क्रम अन्तर्गत शनिबार तीनवटा खेल हुँदैछ ।

शनिबारको पहिलो खेलमा समूह जी मा रहेको बेल्जियमले ट्युनिसियाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मस्कोमा हुनेछ । पहिलो खेलमा ट्युनिसिया इंग्ल्याण्डसँग २-१ ले पराजित भएको थियो । यस्तै बेल्जियमले पानामालाई ३-० ले हराएको थियो ।

अर्को खेलमा समूह एफ मा रहेको दक्षिण कोरियाले मेक्सिकोको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे रोस्तोभ अन डोनमा हुनेछ ।

पहिलो खेलमा साबिक विजेता जर्मनीमाथि १-० को जित निकालेर सनसनी मच्चाएको मेक्सिको अन्तिम १६ को यात्रा सहज बनाउने लक्ष्यमा छ । दक्षिण कोरिया भने पहिलो खेलमा स्वीडेनसँग १-० ले पराजित भएको थियो ।

शनिबारको अन्तिम खेलमा राति पौने १२ बजे जर्मनी र स्वीडेनबिच हुनेछ । सोचीमा हुने यो खेल जर्मनीका लागि निकै महत्वपूर्ण छ । अघिल्लो चरणको यात्राका लागि जर्मनीलाई यो खेलमा जितको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...