विश्वकपमा आजका खेल : जमर्नीमाथि दबाब, मेक्सिकोमा उत्साह



हाम्रो इकोनोमि

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत समूह चरणमा दोस्रो लहरका खेलहरु भइरहेका छन् । त्यही क्रम अन्तर्गत शनिबार तीनवटा खेल हुँदैछ ।

शनिबारको पहिलो खेलमा समूह जी मा रहेको बेल्जियमले ट्युनिसियाको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मस्कोमा हुनेछ । पहिलो खेलमा ट्युनिसिया इंग्ल्याण्डसँग २-१ ले पराजित भएको थियो । यस्तै बेल्जियमले पानामालाई ३-० ले हराएको थियो ।

अर्को खेलमा समूह एफ मा रहेको दक्षिण कोरियाले मेक्सिकोको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे रोस्तोभ अन डोनमा हुनेछ ।

पहिलो खेलमा साबिक विजेता जर्मनीमाथि १-० को जित निकालेर सनसनी मच्चाएको मेक्सिको अन्तिम १६ को यात्रा सहज बनाउने लक्ष्यमा छ । दक्षिण कोरिया भने पहिलो खेलमा स्वीडेनसँग १-० ले पराजित भएको थियो ।

शनिबारको अन्तिम खेलमा राति पौने १२ बजे जर्मनी र स्वीडेनबिच हुनेछ । सोचीमा हुने यो खेल जर्मनीका लागि निकै महत्वपूर्ण छ । अघिल्लो चरणको यात्राका लागि जर्मनीलाई यो खेलमा जितको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...