ब्राजिल र कोस्टारिका भिड्दै, ब्राजिललाई जित्नैपर्ने दबाब



हाम्रो इकोनोमि

विश्वकप फुटबलअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा अहिले सर्वाधिक उपाधि विजेता ब्राजिलले नाइजेरियासँग खेलिरहेको छ।

समूह ‘डी’ अन्तर्गत अघिल्लो चरण पुग्ने सम्भावनालाई बलियो बनाउन ब्राजिललाई यो खेल जित्नैपर्ने दबाब छ। उसले पहिलो खेलमा स्विजरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो।

एक खेलपछि सर्बिया तीन अंकसहित शीर्षस्थानमा छ। स्विजरल्यान्ड र ब्राजिलको एक-एक अंक छ। कोस्टारिकाले भने अंक जोड्न सकेको छैन। पहिलो खेलमा सर्बियाले कोस्टारिकालाई १-० गोलले हराएको थियो।

ब्राजिल पछिल्ला १२ खेलयता अपराजित छ। उसले पछिल्ला २२ खेलमा केवल एउटामा मात्र हार व्यहोरेको छ।  कोस्टारिका अघिल्लो विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो। तर उसको पछिल्लो प्रदर्शन खराब देखिएको छ।

कोस्टारिकाले तीन खेलयता लगातार हार ब्यहोरेको छ। उसले पछिल्ला ११ खेलमा सात हार, दुई जित र दुई बराबरीको नतिजा निकालेको छ। कोस्टारिकासँग अनुभवी गोलरक्षक छन्। रियल म्याड्रिडका पहिलो रोजाइका गोलरक्षक केलर नाभास  कोस्टारिकाका आकर्षण हुन्।

ब्राजिल र कोस्टारिकाबीच हालसम्म १० पटक प्रतिस्पर्धा भएको छ जसमा ब्राजिलले ९ जित र एक हारको नतिजा निकालेको छ। अन्तिमपटक सन् २०१५ मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएकामा ब्राजिल १-० गोलले विजयी भएको थियो। ब्राजिल सन् १९६६ यता विश्वकपमा पहिलो चरणबाटै बाहिरिएको छैन।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...