यसरी चल्छ जापानको प्रशासन, ३ मिनेटअघि लञ्च खाने कर्मचारीको जागीर चट्



हाम्रो इकोनोमि

तोकिएको समय भन्दा ३ मिनेटअघि लञ्ज ब्रेक (दिउँसोको खाना) खाएपछि जापानमा कर्मचारीको तलब काटिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका तोकिएको समय भन्दा ३ मिनेट अघि नै लञ्च खान निस्किएपछि एक कर्मचारीको तलब काटिएको हो ।

जापानको कोबे शहरमा खानेपानी अफिसमा कार्यरत एक कर्मचारीले तेकिएको समय भन्दा ३ मिनेट अघि नै लञ्जका लागि निस्केको फेला परेपछि आधा दिनको तलब काटिएको हो ।

कर्मचारीले ७ महिनाम २६ दिनसम्म तोकिएको समय भन्दा अघि नै लञ्ज ब्रेक लिएका थिए । जापानमा १ बजे लञ्ज ब्रेकका लागि समय तोकिएको छ ।

१ बजे भन्दा ३ मिनेट अघि नै कार्यालय छाडेर निस्केपछि ६४ बर्षिय ती कर्मचारीको आधा दिनको तलब काटिएको हो । समय भन्दा अघि नै लञ्जमा निस्किने कर्मचारीलाई कारवाही गरेपछि खानेपानी कार्यालयका हाकिमले पत्रकार सम्मेलन गरेरै माफी मागेका थिए ।

आफ्ना कर्मचारीले नागरिकलाई सेवा दिन कञ्जस्याई गरेर कानुनको उल्लंघन गरेको भन्दै माफी मागेका हुन् । कोबे शहरको यो घट्नाले जापानमा काम गर्ने संस्कृति कस्तो छ भन्ने सन्देश संसारभर फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस
च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...

बाढीपहिरोले यी राजमार्ग छन् अवरुद्ध

    लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो र बाढीका कारण देशका ९...

बागमती सरकारबाट बाहिरिने एमालेको तयारी

    बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको...