विश्वकपमा आज ब्राजिलले जीत्ने पक्का, अर्जेन्टिनाको भविश्य नाइजेरियाको जीतमा



हाम्रो इकोनोमि

रुसमा जारी फिफा विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुँदैछन् । जस अन्तरगत समूह ई का दुई खेल र समूह डी को एक खेल हुँदैछ ।
पहिलो खेलमा समूह ई का ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदैछ ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा ब्राजिल र कोष्टारिकाबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे हुनेछ । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरी खेलेर १ अंक मात्रै बटुलेको ब्राजिल आज जित्नै पर्ने दवावमा हुनेछ ।

समूहको अन्तिममा कोस्टारिका छ । उ पहिलो खेलमा सर्बियासँग पराजित भएको थियो । पहिलो खेलमा जीत दर्ता गरेको सर्बिया र्शीर्ष स्थानमा छ । स्वीट्जरल्याण्ड र ब्राजिलको समान १ अंक मात्रै छ ।

यहि समूहको स्वीट्जरल्याण्डले राती पौने १२ बजे सर्बियाको सामना गर्दैछ । आजको खेल जितेमा सर्बिया अघिल्लो चरण प्रवेश गर्ने छ । तर वीट्जरल्याण्ड विजयी भएमा अन्तिम खेलबाट मात्रै समूह पार गर्ने टोलीको टुंगो लाग्नेछ ।

यस्तै पौउने ९ बजे समूह डी का आइसल्याण्ड र नाइजेरिया भिड्दै छन् । नाइजेरिया पहिलो खेलमा बोयसियासँग पराजित भएको थियो भने आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो । आजको खेलमा जीत निकालेमा आइसल्याण्डको अघिल्लो चरणको संभावना बलियो हुनेछ ।

तर बराबरी अथवा हारले भने अर्जेन्टिनालाई मद्दत पुग्नेछ । त्यो अवस्थामा अन्तिम खेल फराकिलो गोल अन्तरले जितेमा अर्जेन्टिनाको अघिल्लो चरणको संभाबना रहनेछ । नाइजेरियाले जितेमा भने अर्जेन्टिनालाई फाइदा हुनेछ । अर्जेन्टिनाले अन्तिम खेल नाइजेरियासँग र आइसल्याण्डले क्रोयसियासँग खेल्दै छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...