नेपाल र चीनबीच १० वटा सम्झौता, चिनिया कार्गो रेल काठमाडौं सम्म आउने



विद्युतबाट चल्ने चिनियाँ कार्गो रेल ल्हासा हुदै काठमाडौंसम्म आउने भएको छ । चिनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खछयाङसहित भएको द्धिपक्षिय भेटवार्तामो कार्गो रेल ल्याउने सहमति भएको हो ।

बेइजिङस्थित ग्रेट हल अफ पिपुल्समा भएको द्धिपक्षिय छलफल पछि १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । यसैगरी थप चार बुदे सहकार्यमा पनि हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार ल्हासा हुदै काठमाडौंमा विद्युतिय कार्गो रेल आउने भएको छ । रेल आउने विगतमै सहमति भएपनि कुन र कस्तो प्रकारको रेल आउने भन्नेमा प्राविधिक सहमति जुटेको थिएन । तर, द्धिपक्षिय वार्तामा विद्युतिय कार्गो रेल काठमाडौंसम्म ल्याउने सहमतिमा समझदारी भएपछि हस्ताक्षर भएको हो ।

यसैगरी, ल्हासामा पुल निर्माण गर्ने, एक बिलियन अमेरिकी डलर सहयोग गर्ने, सुख्खा बन्दरगाह, विद्युत प्रशारण लाइन, मानव जनशक्ति आदानप्रदानलगायतका बिषयमा दुवै देशका अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

रेलवे र कार्गो ट्रान्सपोर्टमा रघुविर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान युले हस्ताक्षर गरे । यस्तै, दुईवटा मैत्री पुल पुनर्निर्माण सम्बन्धि सम्झौतामा परराष्ट्र सचिव शंकरदास वैरागी र उपविदेशमन्त्री कङले हस्ताक्षर गरे ।

ऊर्जामा आर्थिक र प्राविधिक साझेदारी सम्बन्धि सम्झौतामा उर्जामन्त्री वर्षमान पुन र उप विदेशमन्त्री कङले हस्ताक्षर गरेका छन् । यस्तै, तिब्बतको राजमार्ग नेपालले प्रयोग गर्न पाउने सम्झौतामासमेत हस्ताक्षर भएको छ ।

पारवहनका लागि खासा नाकालाई प्रयोग गर्ने पनि समझदारी भएको छ । ‘ट्रान्स हिमालय कनेक्टिभिटी’ को कामलाई गति दिन दुवै देश सहमत भएका छन् ।

व्यापार र लगानीमा केन्द्रीय र स्थानीय सरकारसँग मिलेर काम गर्ने सम्झौता भएको छ । चीनले पहिलो चीन आयात निर्यात मेलामा नेपाललाई आमन्त्रण गरेको छ ।
नागरिक बीचको सम्बन्ध विस्तार गर्न पर्यटन, प्रवुद्ध समुह, पत्रकार र विद्यार्थी आदानप्रदान गर्न दुई देश सहमत भएका छन् । सांस्कृतिक आदानप्रदान र पर्यटन विकासमा साझेदारी गर्न दुई देश तयार भएका छन् ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीविच चर्चामै रहेका सहमतिपत्रमा मात्रै हस्ताक्षर भएको छ । नयाँ कुनै विषयमा हस्ताक्षर नभएको हो । यसअघि नै प्रधानमन्त्री ओलीले पनि चिन जानु अघि नयाँ कुनै पनि विषयमा सम्झौता नहुने जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
धवलशमशेर राणालाई गिजाको क्यान्सर

    राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणालाई क्यान्सर भएको छ ।

म माथी षड्यन्त्र गर्न खोज्दैछन् : रवि लामिछाने

    रास्वपाका सभापति रवि लामिछानेले सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफूलाई

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा