खुकुरी प्रहार गरी दाइले गरे भाइको हत्या, यसरी जाकिए प्रहरीको खोरमा



हाम्रो इकोनोमि

रुकुम पश्चिममा आफ्नै दाइले भाइको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१२ का आन्दाजी ४४ वर्षीय रुद्रबहादुर पुनले आफ्नै सहोदर भाइ आन्दाजी ४० वर्षीय जोखबहादुर पुनको आज बिहान करीब ४ बजे हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

जग्गासम्बन्धी सामान्य विवादका कारण रुद्रले खुकुरी प्रहार गरी जोखबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

हत्या गर्ने रुद्रबहादुर पुनले जिल्ला प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको प्रहरी नायब उपरीक्षक खड्काले बताए । जोखबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले, रुकुम ल्याइँदैछ ।

यो घटना मामाको घर डाँचीकोट गाउँपालिका–६ मग्मामा भएको हो ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...