कोशी ब्यारेजबाट नदीमा जेसिबी बोकेको ट्रक खस्यो, दुई जनाको मृत्यु, ६ जनाको उद्धार, नदीमा ट्रक बेपत्ता



हाम्रो इकोनोमि

कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो ।

प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

ब्यारेजको १९–२० नम्बरको ढोका नजिक ठूलो खाडलको कारण ट्रक पल्टिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन् । उनीहरुलाई ट्रकले ठक्कर दिएर कोशीमा झरेको थियो ।

घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...