कोशी ब्यारेजबाट नदीमा जेसिबी बोकेको ट्रक खस्यो, दुई जनाको मृत्यु, ६ जनाको उद्धार, नदीमा ट्रक बेपत्ता



हाम्रो इकोनोमि

कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो ।

प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

ब्यारेजको १९–२० नम्बरको ढोका नजिक ठूलो खाडलको कारण ट्रक पल्टिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन् । उनीहरुलाई ट्रकले ठक्कर दिएर कोशीमा झरेको थियो ।

घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...