दोहोरिएला रोनाल्डोको जादु, यसपालीको विश्वकप स्पेनले जित्ने सम्भावना



हाम्रो इकोनोमि

आज हुने खेलमा विश्वकप दाबेदार मानिएका टोली विरुद्ध कमजोर आँकिएका टोलीहरुले चुनौती पेश गर्दैछन् ।

पोर्चुगल भर्सेज मोरक्को 
यो खेल नेपाली समयअनुसार ५ बजेर ४५ मिनेटमा हुनेछ । पहिलो खेलमा स्पेनविरुद्ध बराबरी खेलेको पोर्चुगल यस खेल जित्ने दाउमा छ । ईरान विरुद्धको आफ्नो पहिलो खेल गुमाएका कारण दोस्रो चरणको यात्रा गर्ने हो भने मोरक्कोले पनि यस खेल जित्नुपर्ने हुन्छ । तर, क्रिष्ट्रियानो रोनाल्डो फर्ममा भएकाले उनलाई कसरी रोक्ने भन्नेमा मोरक्कोले निकै ध्यान दिनुपर्ने हुन्छ ।

प्रतियोगिताको पहिलो खेलमै स्पेन विरुद्ध ह्याट्रिक गरेर रोनाल्डोले आफूमाथि मार्किङ नगर्दा विपक्षीहरुले कस्तो परिणा भोग्नुपर्छ भन्ने देखाइसकेका छन् ।

उरुग्वे र साउदी अरेबिया 
पहिलो खेलमै इजिप्टलाई हराउन सफल उरुग्वेले यस खेलमा जित दर्ता गरेको खण्डमा दोस्रो चरणको यात्रा गर्नेछ । यता, पहिलो खेलमा रुससँग ५–० ले पराजित भएको साउदीलाई दोस्रो चरण पुग्नका लागि राम्रो खेलेर मात्रै पुग्नेछैन । भाग्य पनि साथ दिनुपर्नेछ । कम्तिमा दोस्रो चरणको यात्राका लागि साउदीले आजको खेल जित्नु आवश्यक छ ।

तर, प्रतियोगितामा साउदी निकै कमजोर देखिएको छ । लुईस सुआरेज, इडिन्स काभानी लगायतका स्टार खेलाडीले पनि उरुग्वेका लागि सोचेजस्तो खेल्न सकेका छैनन् ।

स्पेनविरुद्ध ईरान 
यो खेल नेपाली समय अनुसार ११ बजेर ४५ मिनेट जाँदा हुनेछ । स्वभाविक रुपमा स्पेनले खेल जित्ने पूर्वानुमान लगाइएको छ । तर ईरानले डिफेन्समा स्पेनलाई कडा चुनौती दिनसक्छ ।

पहिलो खेलमा ३ अंक बटुलेको ईरानको उद्देश्य आजको खेलमा स्पेनलाई बराबरीमा रोक्दै अंक खोस्नु हो । यता, पहिलो खेलमा पोर्चुगलसँग बराबरी खेलेको स्पेन आजको खेलमा स्पष्ट ३ अंक हासिल गर्न चाहन्छ । रियल म्याड्रिड र पोर्र्चुगललाई प्रशिक्षण दिइसकेका क्युरोज कार्लोसले पहिलो खेलमा मोरक्को विरुद्ध जुन रणनीति अपनाएका थिए । उक्त रणनीति सफल भएको छ ।

सुरुमा रक्षात्मक खेलको ईरानले अन्त्यतिर सेट पिस खेल्दै दबाब कायम राखेको थियो र मोरक्कोले आत्मघाती गोल गरेपछि ३ अंक पनि लियो । त्यसपछि भने टोली फेरि रक्षात्मक देखियो । स्पेनका प्रशिक्षक फर्नान्डो हियर्रोले रियलबाट खेल्दा छोटो समय कार्लोसँग प्रशिक्षण लिएका थिए ।

उनले कार्लोसको प्रशंशा गर्दै भनेका छन्, ‘हामीले ईरानलाई हल्का रुपमा लिने गल्ती गर्न हुँदैन । कार्लोसले टोलीलाई बलियो बनाएका छन् र त्यसलाई चुनौती दिन हामी संगठित रुपमा उत्रनुपर्छ ।’

स्पेनले पोर्चुगल विरुद्ध बराबरीका बाबजुद जुन धैर्यताका साथ उत्कृष्ट खेल देखायो । जसरी बल होल्ड गर्दै विपक्षीमाथि निरन्तर दबाब बनायो । स्पेनलाई त्यस्तो खेल्नबाट रोक्न ईरानले ठूलो मेहिनत त गर्नैपर्छ ।

उसलाई भाग्यले पनि साथ दिन जरुरी छ । आईसल्यान्डले अर्जेन्टिनाविरुद्ध खेलेजसरी एकत्रित भएर डिफेन्स खेल्नसके मात्रै ईरानले स्पेनलाई रोक्न सक्ने अनुमान गर्न सकिन्छ । अन्यथा, डियगो कोस्टा एक्लै विपक्षीमाथि हाबी हुनसक्ने क्षमता राख्छन् ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्कालाई सोधेको स्‍पष्टीकरण फिर्ता

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको...

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री...

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

    नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना...

आयल निगमले भन्यो १५ दिनमा पाँच अर्ब ७५ करोड घाटा हुन्छ

  नेलाल आयल निगमले मूल्य वृद्धि पश्चात पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६...