तिमीसँग एउटै कक्षामा अमरज्योति हाइस्कुल र अस्कलमा ८ वर्ष सँगै बिताएका दिनहरू मैले कसरी बिर्सनु भन्दै बाबुरामले स्कुलको फोटोसहित यस्तो लेखे



हाम्रो इकोनोमि

प्रख्यात न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको निधनले शोकाकुल पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले फेसबुकमा डा. देवकोटालाई श्रद्धाञ्जलि दिएका छन्।

देवकोटाका स्कुले जीवनमा सहपाठी बाबुरामले स्कुल पढ्दाको फोटो पोस्ट गर्दै ‘नेपाल आमाका सुयोग्य सपूतको सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहने’ लेखेका छन्।

बाबुराम र उपेन्द्र गोरखाको अमरज्योति हाइस्कुल र काठमाडौंमा अमृत साइन्स क्याम्पसमा सँगै पढेका हुन्।

‘भौतिक रूपमा अब तिमीसँग कहिल्यै भेट नभए पनि तिमीसँग एउटै कक्षामा अमरज्योति हाइस्कुल र अस्कलमा ८ वर्ष सँगै बिताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन्’, बाबुरामले लेखेका छन्, ‘तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं!’

तिमी आफै एक वेजोड चिकित्सक थियौ; त्यसैले शायद आफ्ना अन्तिम दिनहरूका ठीकै आँकलन गरिरहेका थियौ! हामी खालि एउटा लेम्यान र तिम्रा सहपाठी भावनावश तिम्रो चीरायुको कामना गरिरहेथ्यौं! अन्तत: तिमीले हामी सबैलाई छोडेर गयौ, प्रिय उपेन्द्र!

भौतिक रूपमा अब तिमीसंग कहिल्यै भेट नभए पनि तिमीसंग एउटै कक्षामा अमरज्योति हाइस्कूल र अस्कलमा ८ बर्ष संगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहनेछन् ।तिमीजस्ता मेधावी सहपाठीको सान्निध्यप्रति हामी सधैं गौरवान्वित रहिरहनेछौं!

नेपाल आमाका सुयोग्य सपूत तिम्रो सम्झना नेपाली इतिहासले लामो समयसम्म गरिरहनेछ।हार्दिक श्रद्धांजली! परिवारजनमा गहिरो समवेदना!

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...