विश्वकपमा आज तीन खेल हुँदै, रुससँग हार भोगेको साउदी उरुग्वेलाई रोक्ने रणनीतिमा



रुसमा जारी विश्वकप फुटबलअन्तर्गत बुधबार तीन खेल हुँदैछन् । आज समूह ‘बी’का दुई र ‘ए’को एक खेल हुनेछन् ।

आज हुने पहिलो खेलमा समूह ‘बी’को दोस्रो चरणअन्तर्गत पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ ।
समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरानसँग पराजित भएको थियो ।

यस्तै, बेलुकी पौने ९ बजे शुरु हुने खेलमा समूह ‘ए’का दुई टोलीहरु उरुग्वे र साउदी अरबिया भिड्नेछन् । पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वे आज साउदी अरबयिालाई जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा रुससँग फराकिलो हार भोगेको साउदी आज उरुग्वेलाई रोक्ने रणनीतिमा हुनेछ ।

समूह ‘बी’को अर्को खेलमा बुधबार स्पेन र इरान भिड्नेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजेदेखि काजान एरिनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्