विश्वकपमा आज तीन खेल हुँदै, रुससँग हार भोगेको साउदी उरुग्वेलाई रोक्ने रणनीतिमा



हाम्रो इकोनोमि

रुसमा जारी विश्वकप फुटबलअन्तर्गत बुधबार तीन खेल हुँदैछन् । आज समूह ‘बी’का दुई र ‘ए’को एक खेल हुनेछन् ।

आज हुने पहिलो खेलमा समूह ‘बी’को दोस्रो चरणअन्तर्गत पोर्चुगल र मोरक्को भिड्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ६ बजेदेखि मस्कोको लुझ्निकी रंगशालामा हुनेछ ।
समूहको पहिलो खेलमा पोर्चुगलले स्पेनसँग बराबरी खेल्दा मोरक्को इरानसँग पराजित भएको थियो ।

यस्तै, बेलुकी पौने ९ बजे शुरु हुने खेलमा समूह ‘ए’का दुई टोलीहरु उरुग्वे र साउदी अरबिया भिड्नेछन् । पहिलो खेलमा इजिप्टलाई हराएको उरुग्वे आज साउदी अरबयिालाई जित्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा रुससँग फराकिलो हार भोगेको साउदी आज उरुग्वेलाई रोक्ने रणनीतिमा हुनेछ ।

समूह ‘बी’को अर्को खेलमा बुधबार स्पेन र इरान भिड्नेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजेदेखि काजान एरिनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...