खेलको पाँच मिनेटमै जापानले हान्यो पहिलो गोल



विश्वकप २०१८ अर्न्तगत जापानले खेलको पाँच मिनेटमै पहिलो गोल गरेको छ ।

कोलम्बिया जर्सी नम्बर ६ का खेलाडी सी सान्चेजले डि एरियाभित्र बल हातले छेकेपछि उनलार्इ रेड कार्ड दिइएको हो ।

जापानले पाएको फ्रि किकलार्इ भरपुर उपयोग गर्दै जर्सी नम्बर १० का खेलाडी सिन्जी कागवाले पहिलो गोल गरेका हुन् ।

चार वर्षपछि मंगलबार कोलम्बियाले विश्वकपको नयाँ यात्रा सुरु गर्दैछ । समूह एच मा रहेको कोलम्बियाले आफ्नो पहिलो खेलमा मंगलबार बेलुका पौने ६ बजे एसियाली देश जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

अघिल्लो विश्वकपका सर्वाधिक गोलकर्ता रोड्रिग्वेज अहिले मसलमा समस्या भएका कारण रेखदेखमा छन् । उनी जापानसँगको खेलमा मैदानमा हुने नहुने खुलेको छैन ।

कोलम्बियाका लेफ्ट ब्याक फ्रान्को फाब्रा घुँडाको चोटका कारण विश्वकपमा हुने छैनन् । तर चार वर्षअघिको विश्वकपमा चोटका कारण खेल्न नपाएका राडामेल फाल्काओ यसपटक कोलम्बियाको टिममा छन् ।

एसियाली पावर हाउसको रुपमा रहेको जापानका फरवाडर शिन्जी ओकाजाकी पनि चोटका कारण अहिले रेखदेखमा छन् । उनी कोलम्बियासँगको खेलमा मैदानमा हुने सम्भावना कम छ ।

कोलम्बिया र जापानबिच यसअघि तीनपटक भेट भएको छ । विगत कोलम्बियाको पक्षमा छ, उसले दुई खेल जितेको छ भने एक खेलमा बराबरी भएको छ ।

यी दुई टोलीबिच भएको पछिल्लो भेट भनेको सन् २०१४ को विश्वकपको समूह चरणमा हो । त्यसबेला कोलम्बियाले ४–१ को जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको