राजकीय सम्मानका साथ डा उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि, दागवत्ती दिदै यसरी रोए छोरीहरु



हाम्रो इकोनोमि

दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ  अन्त्येष्टि गरिएको छ । उनलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् ।

उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरीएको छ । दागवत्ती दिदै यसरी रोए छोरीहरु मेघा, बसुधा र मञ्जरी भक्कानिएर रोए ।

उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो ।

सोमबार साँझ निधन भएका डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाँसबारीको न्युरो अस्पताल राखिएको थियो ।

डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।

२०१० साल पुष ४ गते गोरखाको पण्डितगाउँ लिलिगमा जन्मिएका डा. देवकोटाको पार्थिव शरीरलाई मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

उनको आर्यघाटमा विद्यतिय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिएको छ ।

डा. देवकोटाको काजक्रिया ७ दिनमै सक्ने समेत बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...