को हुन भाइकाजी घिमिरे, सुन तस्करी काण्डका अभियुक्त छुटाउँन भन्दै प्रचण्ड र गृहमन्त्री थापाको घर चहार्दे हिडने



हाम्रो इकोनोमि

तत्कालीन माओवादी र अहिले नेकपाको एउटा पिल्लर पुष्पकमल दाहाल प्रचण्डको नजिक रहेको देखाउँदै सुन तस्करीका अभियुक्त बचाउने खेलमा लागेका छन् एक बिचौलिया ।

नर्भिक अस्पताल मालिक बसन्त चौधरीको लगानीमा हिँड्ने यी बिचौलियाको नाम हो, भाइकाजी घिमिरे । चितवन स्थायी घर भएका भाइकाजी प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादल नजिक भएको बताउँछन् ।

बादलपुत्र र पत्नी नैनकलासँग नजिक रहेका भाइकाजीको काम भनेकै विवादीत विषय मिलाउने नाममा कमिशन लिने हो । यसैकारण अहिले उनी सुन तस्करी काण्डमा अभियुक्त मध्येका एकजना लालबहादुर मगरलाई बचाउनका लागि शक्ति केन्द्रमा सक्रिय रहेका छन् ।

विभिन्न तस्कर समुह र दुई नम्बरी समुहको काम लिने घिमिरे प्रशासन पनि आफ्नो मुट्ठीमा रहेको बताउँदै हिँड्छन् । नर्भिक अस्पतालको गाडी प्रयोग गरी उनी तस्करीका अभियुक्त छुटाउनका लागि बिराटनगरसम्म पुगेका थिए, घिमिरे ।

चौधरीका विवादीत र कानुनी झन्झट हुने काम पनि घिमिरेले हेर्ने गरेका छन् । त्यसलाई मिलाए वापत उनले लाखौं लिने गरेका छन् । यहाँसम्मकी चौधरी ग्रुपमा उनलाई सबै सुविधा सित्तैमा छ ।

घिमिरेले करोडौं मुल्य बराबरको घर भक्तपुरमा बनाएका छन् । उनले गृह प्रशासन, प्रहरीमा पनि सरुवा बढुवाको जिम्मा लिने गरेका छन् ।

उच्च स्रोतका अनुसार उनले विवादीत काममा हात हालेर गृह प्रशासन, प्रहरी बढुवा सरुवाको काम पनि हेर्ने बताउँदै दुनियाँसँग रकममा डिल गर्दै आएका छन् ।

पछिल्लो समय सुन तस्करीको अभियोगमा पूर्पक्षमा रहेका थाई एयरका कर्मचारी लालबहादुर मगर लगायतलाई जोगाउनका लागि शक्ति केन्द्र र अदालतलाई प्रभावमा पार्न सक्रिय घिमिरेले खानेपानी मन्त्री बिना मगर नजिक देखिन भाईटिका समेत लगाउने गरेका छन् ।

मन्त्री मगरलाई बद्नाम हुनेगरी विभिन्न काम गर्ने घिमिरे सिंहदरबारमा दिनभरी बस्ने र विवादीत कामको जिम्मा लिन्छन् । चौधरीका कम्पनीका विवादीत काम मिलाएवापत घिमिरेले राम्रो रकम हात पार्ने गरेका छन् ।

त्यतिमात्र नभएर साना–ठूला ठेक्का टेन्डरको सेटिङ पनि उनैले मिलाउने गरेका छन् । स्रोतले भन्यो,‘शक्ति केन्द्रमा उनको एकाधिकार जस्तो छ । हरेक काम गर्छु भनेर सम्पर्क र सम्बन्ध बढाउने काम गर्छन् ।’
-जनप्रहार साप्ताहिक

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...