एसियाको आश जापानसंग, आज हुने खेलमा कोलम्बियालाई हराउँछ त जापानले ।।



हाम्रो इकोनोमि

चार वर्षअघिको विश्वकप फुटबलमा कोलम्बिया निकै चर्चामा रह्यो, कारण उसका जेम्स रोड्रिग्वेज स्टार खेलाडी बनेर उदाय अनि बने विश्वकप फुटबल २०१४ को सर्वाधिक गोलकर्ता ।

यस्तै अर्को कारण कोलम्बियासँगको क्वाटरफाइनलको क्रममा ब्राजिलका नेइमार घाइते भए ।

चार वर्षपछि मंगलबार कोलम्बियाले विश्वकपको नयाँ यात्रा सुरु गर्दैछ । समूह एच मा रहेको कोलम्बियाले आफ्नो पहिलो खेलमा मंगलबार बेलुका पौने ६ बजे एसियाली देश जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

अघिल्लो विश्वकपका सर्वाधिक गोलकर्ता रोड्रिग्वेज अहिले मसलमा समस्या भएका कारण रेखदेखमा छन् । उनी जापानसँगको खेलमा मैदानमा हुने नहुने खुलेको छैन ।

कोलम्बियाका लेफ्ट ब्याक फ्रान्को फाब्रा घुँडाको चोटका कारण विश्वकपमा हुने छैनन् । तर चार वर्षअघिको विश्वकपमा चोटका कारण खेल्न नपाएका राडामेल फाल्काओ यसपटक कोलम्बियाको टिममा छन् ।

एसियाली पावर हाउसको रुपमा रहेको जापानका फरवाडर शिन्जी ओकाजाकी पनि चोटका कारण अहिले रेखदेखमा छन् । उनी कोलम्बियासँगको खेलमा मैदानमा हुने सम्भावना कम छ ।

कोलम्बिया र जापानबिच यसअघि तीनपटक भेट भएको छ । विगत कोलम्बियाको पक्षमा छ, उसले दुई खेल जितेको छ भने एक खेलमा बराबरी भएको छ ।

यी दुई टोलीबिच भएको पछिल्लो भेट भनेको सन् २०१४ को विश्वकपको समूह चरणमा हो । त्यसबेला कोलम्बियाले ४–१ को जित निकालेको थियो ।

चार वर्षपछि पनि यी दुई देश समूह चरणमा नै भेट हुन लागेका हुन् ।

 

कोलम्बिया

यसअघिका पाँच विश्वकप सहभागितामा खेलेका १८ खेलमा कोलम्बिया कुनै पनि खेलमा गोलरहित भएको छैन ।

जोसे पिकरम्यानको टिमले रुस विश्वकपका लागि छनौट हुने क्रममा १८ खेलमा २१ गोल गरेको छ । यस क्रममा जेम्स रोड्रिग्वेजले ६, कार्लोस बाकाले तीन तथा राडामेल फालकाओले दुई गोल गरे ।

कोलम्बियाले पछिल्ला ९ खेलमा दुई खेल मात्रै जितेको छ । पाँच खेलमा बारबरी भएको छ भने दुई खेलमा हारेको छ । पछिल्लो पटक अभ्यास देलमा अस्ट्रेलिया र इजिप्टसँग पनि उसले गोल रहित बराबरी खेलेको थियो ।

चार वर्षअघिको विश्वकपमा उसले चार खेलमा जित दर्ता गरेको थियो । यो त्यसअघिका विश्वकपमा समग्रमा खेलका १३ खेलमा निकालेको जित भन्दा धेरै हो ।

सअघिका १३ खेलमा कोलम्बिया मात्रै तीन खेलमा विजयी भएको थियो । यस्तै उ समूह विजेता बनेको पनि सन् २०१४ को विश्वकपमा पहिलो हो ।

कोलम्बिया विश्व फुटबलको प्रशासकीय निकाय फिफाले निकालेको बरियतामा १६ औँ स्थानमा छ ।

जापान

विश्वकपमा यो जापानको छैटौँ सहभागिता हो । उसले सन् २००६ र २०१० को विश्वकपमा अन्तिम १६ मा स्थान बनाएको थियो ।

युरोपियन भूमिमा यसअघि भएका विश्वकपमा ६ खेलमा जापान जित बिहीन छ । त्यसमा पाँच खेलमा हार बेहोरेको छ ।

जापानले दक्षिण अमेरिकी देशलाई विश्वकपमा अहिलेसम्म हराएको छैन । दक्षिण अमेरिकी देशसँग भएका चार खेलमा जापान तीन खेलमा हारेको छ भने एक खेलमा बराबरी भएको छ ।

यसअघिका पाँच विश्वकपमा जापानले अहिलेसम्म आफ्नो पहिलो खेलमा एक पटक मात्रै विजयी भएको छ । जापानले सन् २०१० को विश्वकपमा आफ्नो पहिलो खेलमा क्यामरुनलाई १–० ले हराएको थियो ।

यो वर्ष भएका पाँच खेलमा जापान एक खेलमा मात्रै विजयी भएको छ । अभ्यास खेलमा जापानले पाराग्वेलाई ४–२ ले हराएको थियो । यस्तै मालीसँग बराबरी गरेको जापान युक्रेन, घाना र स्वीट्जरल्याण्डसँग पराजित भएको थियो ।

जापान विश्व फुटबलको प्रशासकीय निकाय फिफाले निकालेको बरियतामा ६१ औँ स्थानमा छ ।देश सञ्चारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...