डा देवकोटाको पार्थिब शरीरलाई अँगालो हाल्दै बाबुराम भट्टराइ यसरी रोए, आफ्नो बाल्यकालदेखिको असल साथी गुमाउनु पर्दा कसरी चित्त बुझाउँ मैले



हाम्रो इकोनोमि

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।

डा. देबकोटाको पार्थिब शरीर विहान ८ बजेदेखि १ बजेसम्म अस्पताल प्राङ्गणमा राखिने छ। त्यसपछि आजै पशुपति आर्यघाटमा दाहस‌ंस्कार गरिने अस्पताल प्रशासनले जानकारी दिएको छ । डा. देवकोटाको  विद्युतीय माध्यमबाट शवदाह गरिने बताइएको छ ।

क्यान्सर रोगबाट पीडित डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो ।

श्रद्धान्जली दिन पुगेका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले आफ्नो बाल्यकालदेखिको असल साथी गुमाउनु पर्दा आफू निकै दुखी भएको प्रतिक्रिया दिए ।  डा देवकोटाको पार्थिब शरीरलाई अँगालो हाल्दै बाबुराम भट्टराइ रोए आफ्नो बाल्यकालदेखिको असल साथी गुमाउनु पर्दा कसरी चित्त बुझाउँ मैले भने ।

१० बर्षदेखि १८ बर्षसम्म एउटै कालखण्डमा सँगै अध्ययन गरेको बाल्यकालदेखि किशोर अवस्थासम्म निकै तिता मिठो कुरा भए पनि जेहेन्दार विद्यार्थीमा देवकोटा सधै पर्ने गरेको भट्टराइले स्मरण गरे ।

‘उपेन्द्रजस्तो ब्यक्तिको साथी भन्न पाउँदा निकै गर्व भएको छ ।’ उनले भने, ‘हजारौंको ज्यान बचाए तर आज उनी आफै गए । देशले शोक मनाईरहँदा आज म निकै दुखी भएको छु ।’

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...