नेपालको वायुमण्डलमा भारतीय धूलो, क्यान्सरको जोखिम, माक्स लगाएर हिँडन डाक्टरको उर्दी



भारतको राजस्थान, लखनउ तथा उत्तर प्रदेशमा आएको आधीको असर नेपालमा पनि परेको छ ।

भारतका ती भूभागमा आएको आँधीले उडाएको धूलो नेपाली आकाशमा आइपुग्दा पहिलोपटक हिलोसहितको वर्षा भएको छ ।

शनिबार र आइतबार नेपालका विभिन्न भूभागमा धूलो मिसिएको हिलेवर्षा भयो । सोमबारबाट मौसममा बदली आएको छ  ।

अब केही दिन वर्षा नहुने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी रोकिएपछि राजधानीसहित देशका विभिन्न स्थानमा धूलो उड्न थालेको छ । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी, सडक विस्तारका नाममा भत्काइएको संरचनाका कारण धूलो उड्ने गरेको भएपनि अहिले हिले वर्षाका कारण नभत्काइएका स्थानका सडकमा पनि धूलो उडेको छ ।

नेपालको वायुमण्डलमा भारतबाट आएको धूलोका कणहरु अझै बाँकी रहेको मौषमविद् बरुण पौडेलले बताए ।

हिले वर्षापछि धूलोमा परिणत भएका कणहरुमा हानिकारक पदार्थ, रासायनिक पदार्थ, जीवाणु आदिसमेत हुने भएकोले विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

हिले वर्षाका कारण उड्ने धूलोमा स्वास्थ्यका लागि हानिकारक कणहरु हुनसक्ने  जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीरले बताए ।

भारतबाट आएको धूलोका कणमा मरुभूमिको बालुवा, धूलोका कण तथा क्यान्सर गराउने तत्व समेत हुनसक्ने उनको भनाइ  छ ।

‘भारतबाट नेपालको विभिन्न भागमा बाक्लो हिले वर्षा भयो, अहिले वर्षा रोकिएको छ, पानी नपरेसँगै त्यो हिले वर्षा धूलोकै रुपमा परिणत भएर हावामा मिसिएको छ,’ डा.रवीन्द्रले लोकान्तरसँग भने, ‘धूलोमा रहेको हानिकारक कणहरुलाई हाम्रो नाकले छान्न सक्दैन, जसले हाम्रो शरीरलाई तत्कालिन र दिर्घकालिन असरहरु गर्छ, त्यसैले धूलोबाट सकेसम्म बच्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख