यसरी चम्किने इङ्ल्यान्डको भाग्य, कमजोर ट्युनिसियालाई इङ्ल्यान्डले जित्ने पक्का



हाम्रो इकोनोमि

दाबेदार मानिएका टोली स्पेन, अर्जेन्टिना, जर्मनी र ब्राजिलले विश्वकपमा पहिलो खेलमा जित निकाल्न छैनन् । यस्तो परिस्थितिमा सबै ठूला राष्ट्र दबाबमा परिसकेका छन् ।  सन् १९६६ को विश्वविजेता इङ्ल्यान्डले आज ट्युनिसियाको सामना गर्दैछ ।

विश्वकपमा इङ्ल्यान्डले पछिल्लो जित दर्ता गरेको ८ वर्ष वितिसकेको छ । दक्षिण अफ्रिकामा स्लोभेनिया विरुद्ध १–० को जित निकाल्न पनि इङ्ल्यान्डले निकै सङ्घर्ष गर्नुपरेको थियो ।

उक्त खेलमा सहभागी एक खेलाडी मात्रै अहिलेको विश्वकप टोलीमा अटाएका छन् । उक्त विश्वकपको अन्तिम १६ मा जर्मनीसँग पराजित हुँदै बाहिरिएको इङ्ल्यान्डले गत संस्करणको विश्वकपमा कुनै खेल जित्न सकेन ।

त्यसपछि इङ्लिस टिममा व्यापक फेरबदल हुन थाल्यो । ग्यारेथ साउथगेटले टोली सम्हालेपछि इङ्ल्यान्डले फेरि राम्रो खेल देखाउन थालेको छ ।

ग्यारी काहिल, फिल जोन्स, जोर्डन हेन्डरसन, रहिम स्ट्रलिङ र ड्यानी बेलब्याक मात्रै सन् २०१४ को विश्वकपमा सहभागी भएका खेलाडी हुन् । टोलीमा बाँकी सबै खेलाडी नयाँ छन् । त्यसैले जोश पनि राम्रै देखिएको छ ।

भोल्गोगार्ड रङ्गशालामा ट्युनिसियाविरुद्ध खेल्दा इङ्ल्यान्डको लक्ष्य नै विश्वकपका पछिल्ला चार खेलमा निकाल्न नसकेको जित हासिल गर्नु हुनेछ ।

अफ्रिकी राष्ट्र ट्युनिसियाको पनि आफ्नै महत्वाकाङ्क्षा छ ।  पछिल्ला मैत्रीपूर्ण खेलमा ठूला राष्ट्रलाई चुनौती दिएको ट्युनिसिया बलियो र सन्तुलित टोली हो ।

विश्वकपअघि पोर्चुगल विरुद्धको खेलमा ट्युनिसियाले बराबरी खेलेको थियो । स्पेन विरुद्धको खेलमा पनि कडा चुनौती दिएको थियो । जसका कारण स्पेनले इन्जरी समयको अन्तिम केही सेकेन्ड बाँकी रहँदा मात्रै गोल गर्न सक्यो ।

वाहबी काज्ररी र अली मालोउलजस्ता खेलाडीबाट प्रशिक्षकले ठूलो अपेक्षा गरेका छन् । टोलीका सबै खेलाडी फिट भएकाले ट्युनिसियाले उच्च आत्मविश्वासका साथ खेल्दै इङ्ल्यान्डलाई कडा चुनौती दिने देखिन्छ ।

यता, इङ्ल्यान्ड पनि अनौठो टोली छ । पछिल्ला ८ वर्षदेखि जित निकाल्न नसकेको इङ्लिस टोली दबाबरहित रूपमा मैदानमा उत्रन चाहन्छ । प्रशिक्षक ग्यारेथ बेलले खेललाई भन्दा मानसिक पक्षलाई बढी ध्यान दिएका छन् ।

ग्यारी काहिलका अनुसार विश्वकपजस्तो ठूलो प्रतियोगितामा आफ्नो प्रतिभाले ५० प्रतिशत भूमिका खेल्छ भने ५० प्रतिशत भूमिका मानसिक शक्तिले खेल्छ । युवा टोली आत्मविश्वासले भरिएको छ । प्रशिक्षक साउथगेटको एउटै दुविधा कसलाई सुरुवाती एघारमा खेलाउने भन्ने हो ।

१९९८ को झल्को 
इङ्ल्यान्ड र ट्युनिसियाबीच सन् १९९८ मा पनि समूह चरणमै प्रतिस्पर्धा भएको थियो । रोचक कुरा, त्यतिबेला पनि यी दुवै टिम समूह जीमा थिए । अनि दुवै टिमले अहिलेजस्तै एकअर्का विरुद्ध भिडेर प्रतियोगिता प्रारम्भ गरेका थिए ।

फ्रान्सको मार्सेली रङ्गशालामा भएको उक्त खेलमा इङ्ल्यान्ड २–० ले विजयी भएको थियो । कप्तान एलन सियरर र पाउल स्कोल्सले एक एक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...