यसरी पछारीयो ४ पटकको विश्वकप विजेता जर्मनी, १–० ले जित्यो मेक्सिकोले



४ पटकको विश्वकप विजेता जर्मनीलाई १–० ले पछाडी पार्दे मेक्सिकोले जितेको छ ।

विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार जारी दोस्रो खेलमा मेक्सिकोले जितेको हो । खेलको ३५ औं मिनेटमा लोजानोले पहिलो गोल गर्दै मेक्सिकोले १–० को अग्रता लिएको थियो ।

दुवै टोलीबीचको जारी खेल निक्कै नै आक्रमक थियो । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले पछारेको छ ।

यस्तो थियो बिगत

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको दोस्रो खेलमा जर्मनी र मेक्सिको भिड्दैछन् ।

समुह एफ मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ । खेल मोस्कोस्थित लुज्निकी रंगशालामा हुनेछ ।

४ पटकको विश्वकप विजेता जर्मनी समुह चरणको पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा रहदा २ पटक विश्वकपको क्वाटरफाइनलसम्मको अनुभव बटुलेको मेक्सिको उसलाई रोक्ने रणनीतिमा हुनेछ ।

अहिलेसम्म जर्मनीविरुद्ध ११ खेल खेलेको मेक्सिको जम्मा एक खेलमा मात्रै विजयी भएको  छ भने ४ खेलमा बराबरी बराबरी खेलेको छ । जर्मनीले भने ६ खेल जितेको छ ।

जर्मनी

४ पटकको विश्व विजेता जर्मनीले अहिलेसम्म ८ पटक विश्वकपको फाइनल खेलेको छ । जर्मनी नै विश्वको सबैभन्दा बढिपटक विश्वकपमा फाइनल खेल खेल्ने देश हो ।

सन् १९३४ मा इटालीमा भएको दोस्रो विश्वकपदेखि सहभागिता जनाउन थालेको जर्मनीले सन् १९५४ मा विश्वकपको उपाधि जितेको थियो । हंगेरीलाई ३-२ गोलअन्तरले पराजित गर्दै जर्मनीले पहिलोपटक विश्वकपको ट्रफि चुमेको हो ।

यस्तै सन् १९७४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्ने अवसर पाएको जर्मनीले विश्वकपको ट्रफि आफ्नै देशमा राख्न सफल भयो । फाइनलमा नेदरल्याण्ड्सलाई २-१ गोलअन्तरले पराजित गर्दै उसले दोस्रो पटक विश्वकपको ट्रफि चुम्यो ।

इटालीमा सन् १९९० मा भएको विश्वकपको पनि उपाधि जर्मनीले जितेको थियो । फाइनल खेलमा अर्जेन्टिनालाई १-० गोलले पराजित गर्दै उसले उपाधि चुम्यो । चौथो पटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा अर्जेन्टिनालाई नै पराजित गर्दै विश्वकपको ट्रफि भित्रायो । चौथो पटक उपाधि जित्दा उसले अर्जेन्टिना १-० ले नै स्तब्ध बनाएको थियो ।

जर्मनी यो पटक  पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिदैछ । जर्मनीको आफुलाई सधैँ सशक्त टिमको रुपमा स्थापित गर्दै आएको छ । जर्मनीका खेलाडी अनुभवी र अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गरेका क्षमतावान खेलाडीहरु छन् ।

विश्वकपका लागि जर्मनी टिम

गोलकिपरः म्यानुअल नेउरे, मार्स एन्ड्रे टेरस्टेगेन र केभिन ट्रयाप

डिफेन्डरः माथियस गिन्टर, जोनस हेक्टर, जेरोमे बोटेङ, म्याट्स ह्युमेल्स, निक्लास सुले, जोस्हा किम्मिच, मार्भिन प्लटेनहार्ट र एन्टोनिओ रोडिगर रहेका छन् ।

मिडफिल्डर-फरवार्डः सामी खेडिरा,  जुलियन ड्राक्स्लर, टोनी क्रुस, टिमो वेर्नर, मेसुट ओजिल, मार्को रेयुस, थोमस मुलर, लियोन गोरेट्ज्का, सेबस्टाइन रुडी, जुलियन ब्रान्ड्ट, इल्की गोन्डगन र मारियो गोमेज

मेक्सिको

सन् १९३० मा भएको पहिलो विश्वकपदेखि नै सहभागिता जनाउन थालेको उत्तर अमेरिकी मुलुक मेक्सिको अहिलेसम्म सेमिफाइनलमा समेत पुग्न सकेको छैन् ।

२ पटक विश्वकपको क्वाटरफाइनलसम्म पुगेको उसले २१ औं विश्वकपको संस्करणसम्म आईपुग्दा १६ पटक विश्वकपमा सहभागिता जनाउँदैछ ।

मेक्सिको पहिलो विश्वकपको   समुह चरणबाटै बाहिरिएको थियो भने सन् १९७० र १९८६ मा क्वाटर फाइनलसम्म पुगेको थियो । दुबै पटक क्वाटर फाइनल पुग्दा मेक्सिको आफै आयोजक थियो ।

विश्वकपमा सहभागी देशहरुको तुलना गर्दा औसत टिमको रुपमा लिइने मेक्सिको यसपटक केहि लयमा देखिएको छ । उ सुरुवाती खेलमा जर्मनीलाई बराबरीमा रोक्दै आफ्नो प्रभाव देखाउने उद्देश्यका साथ मैदान उत्रिदै छ ।

विश्वकपका लागि मेक्सिको टिम

 गोलरक्षकः ग्युलिर्मो ओचोआ, अल्फ्रेड तलाभेरा, जेसुस कोरोना

डिफेन्डरः कार्लोस सल्सेडो, डिएगो रेएज, हेक्टर मोरेनो, ह्युगो अयला, इड्सन अल्भारेज, जेसुस गेलार्डो र मिग्युल ल्यायुन

मिड्फिल्डरः राफेल माक्यूज, हेक्टर हेरेरा, जोनाथन डोस सान्तोष, ग्योभानी डोस सान्तोष, आन्ड्रेस गार्डाडो, जाभियर अक्युनो, जेसस कोरोना

फरवार्डः जाभिएर हेर्नान्डेज, राउल जिमिनेज, ओरिबे पेराल्टा, कार्लोस भेला, हिर्भिइङ लोजानो,  मार्को फाबियन

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्