मेक्सिकोले हान्यो पहिलो गोल, खेल १–० मा जारी, च्याम्पियन जर्मनी हार्ने संभावना



हाम्रो इकोनोमि

विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार जारी दोस्रो खेलमा मेक्सिकोले अग्रता लिएको छ । खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै लोजानोले गोल गर्दा मेक्सिकोले १–० को अग्रता लिएको छ ।

दुवै टोलीबीचको जारी खेल निक्कै नै आक्रमक छ । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले कडा टक्कर दिइरहेको छ ।

जर्मनीविरुद्ध ११ खेलमा मेक्सिको एक खेलमा मात्रै विजयी

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबारको दोस्रो खेलमा जर्मनी र मेक्सिको भिड्दैछन् ।

समुह एफ मा रहेका यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ९ बजे सुरु हुनेछ । खेल मोस्कोस्थित लुज्निकी रंगशालामा हुनेछ ।

४ पटकको विश्वकप विजेता जर्मनी समुह चरणको पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा रहदा २ पटक विश्वकपको क्वाटरफाइनलसम्मको अनुभव बटुलेको मेक्सिको उसलाई रोक्ने रणनीतिमा हुनेछ ।

अहिलेसम्म जर्मनीविरुद्ध ११ खेल खेलेको मेक्सिको जम्मा एक खेलमा मात्रै विजयी भएको  छ भने ४ खेलमा बराबरी बराबरी खेलेको छ । जर्मनीले भने ६ खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...