घट्यो पेट्रोल-डिजेलको मूल्य, पेट्रोल लिटरको ११० रुपैयाँ,डिजेल र मटि्टतेल लिटरको ९३



हाम्रो इकोनोमि

चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो ।

निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो ।

त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटेको छ । अब डिजेल र मटि्टतेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो ।

ग्यासको मूल्य भने यथावत राखिएको छ । यसअघि सरकारले लगातार तेल मूल्य बढाएपछि प्रतिपक्षी कांग्रेससहित सर्वसाधारणले त्यसको विरोध गरेका थिए ।

भारतीय आयल कर्पोरशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूलय घटाइएको कार्यकारी निर्देशक भट्टराईले बताए ।

आईओसीले प्रत्येक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँछ । शनिबार आईओसीले मूल्य घटाएर सूची पठाएको थियो ।  खरिद सामान्य मूल्य बढ्दा पनि

आन्तरिक बजारमा भाउ बढाइहाल्ने सरकारले मूल्य घटदा भने अधिक नाफा राखेर तेल बेच्ने गरेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यको बाहना बनाएर तेलको भाउ बढाएको भन्दै सरकारको तीव्र आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...