घट्यो पेट्रोल-डिजेलको मूल्य, पेट्रोल लिटरको ११० रुपैयाँ,डिजेल र मटि्टतेल लिटरको ९३



हाम्रो इकोनोमि

चौतर्फी दबावपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मटि्टतेलको मूल्य घटाएको हो ।

निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईकाअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटेको छ । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो ।

त्यसैगरी डिजेल र मिट्टतेलको मूल्य पनि प्रतिलिटर २/२ रुपैयाँ घटेको छ । अब डिजेल र मटि्टतेलको भाउ प्रतिलिटर ९३ रुपैयाँ भएको छ । यसअघि प्रतिलिटर मूल्य ९५ रुपैयाँ थियो ।

ग्यासको मूल्य भने यथावत राखिएको छ । यसअघि सरकारले लगातार तेल मूल्य बढाएपछि प्रतिपक्षी कांग्रेससहित सर्वसाधारणले त्यसको विरोध गरेका थिए ।

भारतीय आयल कर्पोरशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूलय घटाइएको कार्यकारी निर्देशक भट्टराईले बताए ।

आईओसीले प्रत्येक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँछ । शनिबार आईओसीले मूल्य घटाएर सूची पठाएको थियो ।  खरिद सामान्य मूल्य बढ्दा पनि

आन्तरिक बजारमा भाउ बढाइहाल्ने सरकारले मूल्य घटदा भने अधिक नाफा राखेर तेल बेच्ने गरेको छ । अन्तर्राष्ट्रिय बजार मूल्यको बाहना बनाएर तेलको भाउ बढाएको भन्दै सरकारको तीव्र आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...