अब टिभी हेन डिक्स र केवल नचाहिने, आयो यस्तो टिभी, डीभीबी–टीटु र ओटीटी प्रविधि प्रभु टिभी दक्षिण एसियाकै पहिलो



हाम्रो इकोनोमि

प्रभु समूहले डिजिटल भिडियो प्रसारण (डीभीबी–टीटू) मा आधारित प्रभु टिभीको सेवा प्रारम्भ गरेको छ । कम्पनीले केबल र छाता बिना नै प्रसारण हुने ओटीटीमा प्रविधिमा आधारित वायरलेस टेरिस्टेरियल टिभी सञ्चालनमा ल्याएको हो ।

प्रभु टिभी सञ्चालनमा आएसँगै आफूले छानेको राष्ट्रिय तथा अन्तर्रा्गिष्ट्रय टिभी च्यानलहरु टिभीसँगै मोबाइल, ट्याबलेट र ल्यापटपमा पनि हेर्न सकिन्छ ।

प्रभु टिभीले प्रयोग गरेको प्रविधिलाई “डिजिटल भिडियो ब्रोडकास्टिङ – सेकेन्ड जेनेरेसन टेरेटेरियल (डीभीबी–टीटु) अर्थात् दोस्रो पुस्ताको टेरेस्टेरियल पनि भनिन्छ । यसको अर्थ यो प्रविधिमा केही वर्षअघि प्रयोग गरिने एन्टेनाको दोस्रो पुस्ता हो, जसमा एचडी च्यानल हेर्न सकिन्छ ।

डीभीबी–टीटु र ओटीटी प्रविधिमा आधारित प्रसारण हुने प्रभु टिभी दक्षिण एसियाकै पहिलो भएको दाबी गरिएको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनका अनुसार टेरेस्टेरिएल टिभीमा प्रभु टिभी विश्वमै सबैभन्दा धेरै च्यानल प्रदान गर्ने कम्पनी पनि हो ।

सेवाको शुभारम्भ गर्दै उनले भने, “यो प्रविधि नेपाल भित्र्याउनु भनेको हामी प्रविधिमा अन्य देशभन्दा माथि रहेको प्रमाण हो । यसका साथै एनालग प्रसारण प्रणालीलाई डिजिटल बनाउने सरकारको योजनामा यो प्रविधि कोसेढुंगा सावित हुने छ । यो एनालग टिभीलाई डिजिटल बनाउने सबैभन्दा नयाँ प्रविधि हो ।”

प्रभु टिभीको सेवा प्रारम्भ गरेसँगै कम्पनीले कल साइनमा देशब्यापी रुपमा उच्च गुणस्तरको डिजिटल च्यानल प्रशारण गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रभु टिभीले पहिलो चरणमा काठमाडौं, पोखरा र चितवनबाट यो सेवा प्रदान गर्नेछ भने भविष्यमा इटहरी, धरान हुँदै बुटवल, कोहलपुर, दाङबाट नेपालभर लैजाने कम्पनीको योजना छ ।
यो प्रविधिले टेलिभिजिनका ग्राहकलाई एनालगबाट डिजिटलमा जान सहज हुने भट्टचनको दावी छ । उनले भने, “यो अन्यभन्दा सस्तो र स्तरीय भएकाले नै ग्राहकको रोजाइमा पर्नेमा हामी विश्वस्त छौं ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...