यसरी जोगियो यति एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट, ३० जना यात्रु सहित चालक दल सकुशल



काठमाण्डौबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको एजयू ६८१ कलसाईनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनावाट जोगिएको छ।

आईतवार दिउसो २:४५ बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा १५ मिटर पर घाँसे मैदानमा जोतिन पुगेको थियो।

पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलका अनुसार अनुसार जहाजमा यात्रा गर्ने सवै यात्रु सकुशल छन्।

विमानले रनवेलाई डिष्ट्रव नगरेको कारण उडान अवतरणमा समस्या नभएको उनले बताए।

यद्यपी मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन।

काठमाण्डौबाट इन्जिनियरहरुको टोली आजै आएर विमानको मर्मत गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय