गैर आवासीय नेपालीलाई मन्त्री अधिकारीले भने नेपालमा लगानी गर्नुहोस नेपाली नागरीक बनाउने जिम्मा मेरो भो, संविधानमा नागरीकता दिने भन्ने छ हामी दिन्छौँ



हाम्रो इकोनोमि

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै नेपाली सधैँ नेपाली नै हुन्छ भुतपूर्व वा वर्तमान भन्ने नहुने बताएका छन् । अधिकारीले भने नेपालमा लगानी गर्नुहोस नेपाली नागरीक बनाउने जिम्मा मेरो भो ।

गैर आवासीय नेपाली संघ र एनआरएन अमेरिकाद्वारा आयोजित विज्ञ भेला र एनआरएन अमेरिकाको सातौँ बार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै मन्त्री अधिकारीले भने —‘हामी नेपाली जहां बसेपनि नेपाली नै हुँ’,मन्त्री अधिकारीले भने,‘देश बनाउने क्षमता त्यता मात्र पुग्दैन उताको सहयोग र सकृयता पनि चाहिन्छ अव तपाई यता (विदेश) र उता (नेपाल)बस्ने सबै नेपाली हातेमालो गरेर अगाडि बढ्ने हो।’

‘सरकारले विदेशमा वस्ने नेपालीको दक्षता र दक्षतालाई राम्रोसँग वुझेको छ,’अधिकारीले भने, ‘हामी संविधानमा उल्लेखित एनआरएन नागरिकता दिने प्रावधानप्रति प्रतिवद्ध छौं । यो आउने बर्ष्भित्र कानुन तयार भएर आउछ ।’ उनले सरकार एनआरएनलाई साथ लिएर हिँड्न तयार रहेको पनि स्पष्ट पारे ।

एनआरएनका अध्यक्ष भवन भट्टले एक हात सवै साथको भावना अनुसार वढ्ने बेला भएको वताए । नेपाल समृद्धितर्फ अघि वढिरहेको छ यसमा हामी विदेशमा वस्ने हामी पछि त परिएन भनेर सोच्नु पर्ने वेला आएको बताए ।

नेपाली कांग्रेसका पूर्व पर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसालले भने– ‘नेपाली कुनै पद होइन जुन पूर्व हुन सकोस ।’ पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले एनआरएनलाई कुन प्रकृयावाट उपयोग गर्ने यो स्पष्ट गरेर जांदा नेपाललाई फाइदा हुने वताए ।

प्रवासी नेपाली मञ्चका कृष्ण लामिछानेले संस्थाले व्यक्तिगत सम्वन्धका आधारमा होइन सवैलाई समेटेर लैजान सुझाव दिएका थिए ।

राज्यको जिम्मेवार व्यक्तिवाट यस्तो अभिव्यक्ति नआएको भए हुन्थ्यो एनआरएनएका पूर्वअध्यक्ष जीवा लामिछानेले एक जना मन्त्रीवाटै यस्तो अभिव्यक्ति आयो भनेर चिन्ता गर्नुनपर्ने बताए ।

‘गैर आवासीय नेपाली सम्वन्धि ऐनमा नेपालीले अंश नपाउने भन्ने हुँदैन,’ लामिछानेले भने, ‘अंशका वारेमा पनि मन्त्रीले कानुन विपरित बोल्नु भएको छ ।’

नेपाली जनसम्पर्क समितिका पूर्वसंयोजक विष्णु सुवेदीले वर्तमान सरकारका मन्त्रीले विदेशमा वस्ने नेपालीलाई पूर्व नेपाली भनेकोमा आपत्ति जनाउंदै सरकारको धारणा राख्न भनेका थिए । सहभागीहरुले पनि यस विषयमा बोल्न मन्त्री अधिकारीलाई आग्रह गरेका थिए ।

शनिवार दिनभर विभिन्न विषयका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । यसमा झण्डै ३० जना विज्ञ सहभागी थिए । शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास, समाजिक क्षेत्र लगायतका विषयमा विदेशमा वस्ने नेपाली विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नेपालले आर्जनको दक्षता कसरी नेपालीमा लैजान सकिन्छ यस विषयमा छलफलहरु भएका थिए । विज्ञ भेला शनिवार समाप्त हुन्छ । आइतवार एनआरएन अमेरिकाको सातौं वार्षिक साधारणसभा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...