यसरी फेल खाए पेनाल्टीमा मेस्सी, गल्यो अर्जेन्टिना, आइसल्यान्डले यसरी बराबरीमा रोक्यो



हाम्रो इकोनोमि

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको खेलमा अर्जेन्टिना र आइसल्यान्ड बराबरीमा रोकिएका छन् । रसियामा जारी खेलमा अर्जेन्टिना र आइसल्यान्डले ३–३ को बराबरी खेलेका हुन् । खेल अवधिभर दर्शकले मुटुको चाल तीव्र हुने खेल हेर्न पाए ।

पहिलो हाफको १९ औं मिनेटमा अर्जेन्टिनाका लागि सर्जियो एग्यूरोले गोल गरेका थिए । त्यसलगत्तै अर्जेन्टिनाले गोल गरेको ४ मिनेटमै आइसल्यान्डका लागि अल्फ्रेड बिनबोगसले २३ औं मिनेटमा गोल गरी बराबरी बनाए ।

खेलमा अर्जेन्टिनाले दोस्रो हाफको ६३ औं मिनेटमा पेनाल्टी पाएको थियो । होर्डर म्याग्नसनले अर्जेन्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको हो ।

आइसल्याण्डसँग १–१ को बराबरी भएको बेला, स्टार स्ट्राइकर मेस्सीको प्रहारलाई विपक्षी गोलकिपर ह्यानेस थर हल्डर्सनले रोके । रुस विश्वकपको आफ्नो पहिलो खेलमा लिओनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...