अरुण तेस्रोको सुरुङभित्र ढिस्कोले पुरिएर ४ कामदारको मृत्यु,ढिस्को हटाउन स्काभेटर र डोजर



हाम्रो इकोनोमि

मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको मृत्यु भएको छ । शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन।

ढिस्कोमा पुरिएर २ नेपाली र २ भारतीय कामदारको मृत्यु भएको डीएसपी श्यामकुमार सारुमगरले बताए। मृत्यु हुनेमा

कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोरको मृत्यु भएको हो। शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किसोर इलेक्टोनिक मिस्त्री थिए।

घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्। झरी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थल लगिएको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा पर्छ।

प्रतिक्रिया दिनुहोस
उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...

पूर्वमाओवादी नेतालाई लोकप्रिय मत

    नेकपा एमालेको जारी मतगणनामा पूर्वमाओवादी नेताहरूले लोकप्रिय मत पाएका छन्। माओवादीबाट...