विश्वकप फुटबल : आज ८ टोली भिड्दै, यस्तो छ खेल तालिका, पहिलो खेल फ्रान्स र अष्ट्रेलिया



फुटबलको महासंग्राम रुस विश्वकप फुटबल २०१८ मा ३२ राष्ट्र सहभागी छन्। बिहीबार सुरु भएको विश्वकपको तेस्रो दिन आज ४  खेलमा ८ टोली भिड्दै छन्।

आज साँझ ५ बजेर ४५ मिनेटमा फ्रान्स र अष्ट्रेलियाबीच खेल हुँदैछ भने ६ बजेर ४५ मिनेटमा हुने दोस्रोमा खेल अर्जेन्टिना र आइसल्याण्डबीच भिड्ने छन्।

त्यस्तै तेस्रो खेल पेरु र डेनमार्कबीच हुने छ। पेरु र डेकमार्कबीचको खेल वेलुकी ९ बजेर ४५ मिनेटमा सुरु हुने छ। त्यस्तै आजको अन्तिम तथा चौथो खेलमा क्रोएसिया र नाइजेरिया भिड्दैछन्। उक्त खेल राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

विश्वकप विजेताको दाबेदार मानिएको अर्जेन्टिनाले विश्वकप २०१८ को पहिलो खेलमा पहिलो पटक विश्वकपमा सहभागी बनेको आइसल्याण्डसँग भिड्दैछ। आइसल्याण्ड विश्वकपमा सहभागी बनेको नयाँ टोली भएकाले अर्जेन्टिनासँग भिड्नु निकै चुनौतिपूर्ण देखिन्छ।

विश्वकपको दोस्रो दिन हिजो ३ खेलमा ६ टोली सहभागी बनेका थिए। जसमध्ये पोर्चुगल र स्पेन ३३ को बराबरीमा खेलेका थिए। त्यस्तै इजिप्ट रउरुग्वेबीच भएको खेलमा उरुग्वे विजयी भएको थियो।

त्यस्तै हिजो भएकै मोरोक्को र इरानबीचको अर्को खेलमा मोरोक्कोका खेलाडी अजिज बौहाद्वाजले अतिरिक्त समयमा आत्मघाती गोल गरेपछि सोही गोल इरानको जितका लागि निर्णायक बन्यो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्