विश्वकप फुटबल : आज ८ टोली भिड्दै, यस्तो छ खेल तालिका, पहिलो खेल फ्रान्स र अष्ट्रेलिया



हाम्रो इकोनोमि

फुटबलको महासंग्राम रुस विश्वकप फुटबल २०१८ मा ३२ राष्ट्र सहभागी छन्। बिहीबार सुरु भएको विश्वकपको तेस्रो दिन आज ४  खेलमा ८ टोली भिड्दै छन्।

आज साँझ ५ बजेर ४५ मिनेटमा फ्रान्स र अष्ट्रेलियाबीच खेल हुँदैछ भने ६ बजेर ४५ मिनेटमा हुने दोस्रोमा खेल अर्जेन्टिना र आइसल्याण्डबीच भिड्ने छन्।

त्यस्तै तेस्रो खेल पेरु र डेनमार्कबीच हुने छ। पेरु र डेकमार्कबीचको खेल वेलुकी ९ बजेर ४५ मिनेटमा सुरु हुने छ। त्यस्तै आजको अन्तिम तथा चौथो खेलमा क्रोएसिया र नाइजेरिया भिड्दैछन्। उक्त खेल राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ।

विश्वकप विजेताको दाबेदार मानिएको अर्जेन्टिनाले विश्वकप २०१८ को पहिलो खेलमा पहिलो पटक विश्वकपमा सहभागी बनेको आइसल्याण्डसँग भिड्दैछ। आइसल्याण्ड विश्वकपमा सहभागी बनेको नयाँ टोली भएकाले अर्जेन्टिनासँग भिड्नु निकै चुनौतिपूर्ण देखिन्छ।

विश्वकपको दोस्रो दिन हिजो ३ खेलमा ६ टोली सहभागी बनेका थिए। जसमध्ये पोर्चुगल र स्पेन ३३ को बराबरीमा खेलेका थिए। त्यस्तै इजिप्ट रउरुग्वेबीच भएको खेलमा उरुग्वे विजयी भएको थियो।

त्यस्तै हिजो भएकै मोरोक्को र इरानबीचको अर्को खेलमा मोरोक्कोका खेलाडी अजिज बौहाद्वाजले अतिरिक्त समयमा आत्मघाती गोल गरेपछि सोही गोल इरानको जितका लागि निर्णायक बन्यो।

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...