तीन खेलाडी नहुँदा समस्यामा इरान, पछिल्ला १८ खेलमा अपराजित मोरक्कोले जित्ने पक्का



विश्वकपमा समूह ‘बी’ अन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार राति पौने ९ बजे इरान र मोरक्कोबीच हुँदैछ ।

मोरक्को आफ्ना पछिल्ला १८ खेलमा अपराजित छ । जसमा सर्बिया, नाइजेरिया, दक्षिण कोरिया र इजिप्टसँगका खेल पनि सामेल छन् ।

विश्वकपका लागि रसिया गएका टोलीमा अगाडि बेल्जियम र स्पेन मात्र छन् । बेल्जियम १९ खेलमा र स्पेन २० खेलमा अपराजित रहेको छ ।
मोरक्को २० वर्षपछि विश्वकपमा फर्किएको हो । सन् १९९८ को फ्रान्स विश्वकपमा समूह चरणबाट बाहिरिएको मोरक्को त्यसपछि विश्वकपमा छनोट हुन सकेको थिएन ।

मोरक्कोले सन् १९७०, १९८६, १९९४ र १९९८ मा गरेर यसअघि चार पटक विश्वकप खेलेको छ । विश्वकपमा सन् १९८६ मा अन्तिम १६ मा पुग्नु नै मोरक्कोको सबैभन्दा ठूलो उपलब्धी हो ।

मोरक्को टिम यो विश्वकपमा अपत्याशित रुपमा उदाउन सक्ने टिम हो । बलियो डिफेन्स लाइन र विपक्षीको पोस्टमा तीब्र आक्रमणले मोरक्को टिमले राम्रो मानिएको टिमलाई मात दिन सक्छ ।

उता अनुशासनका कारण दुई खेलको प्रतिबन्धमा परेका मिडफिल्डर सइद एजातुलाहीबिना नै इरानी टिम मैदान उत्रनु पर्ने छ । इरानका प्रमुख मानिएका फरवार्डहरु मेहदी तारेमी र अस्खान देजागा पनि घाइते रहेकाले मोरक्कोविरुद्धको खेलमा उनीहरु हुने छैनन् । यसैले इरानी टिम निकै दबाबमा छ ।

इरान यसपटक विश्वकपमा एसियाबाट छनोट हुने पहिलो टिम हो । उज्वेकिस्तानलाई २-० ले हराएपछि इरानले विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।

इरानको यो पाँचौ विश्वकप हो । यसअघि इरानले सन् १९७८, १९९८, २००६ र २०१४ को विश्वकप खेलेको थियो ।

इरानले विश्वकपमा खेलेका १२ खेलमा ८ खेल हारेको छ । ३ खेल बराबरी गरेको छ । एक खेल जितेको छ । सन् १९९८ को विश्वकपमा इरानले अमेरिकालाई २-१ गोलले हराएको थियो ।

इरानका प्रशिक्षक कार्लोस क्विरोजले आफूहरु टुरिस्टको रुपमा मात्र रसिया नआएको र राम्रो खेल प्रदर्शन गर्ने बताए पनि समूह चरण पार गर्न सहज हुने छैन ।

सम्भावित सुरुवाती ११

इरान – अलिरेजा बेरानभान्ड, मिलाद मोहम्मदी, मोर्टेजा पौरालिगेन्जी, रुजबेह चेसामी, पेजमन मोन्टेजेरी, मसुद सोजाइ, इशन हाजी सफी, ओमिद इब्राहिमी, वाहिद अमिरी, सरदार अजमुन, अलिरेजा जाँहाबक्स

मोरक्को – मुनिर एल काजोरी, हम्जा मेन्डेल, रोमेन सइस, मेहदी बेनाटिया, अचरफ हाकिमी, हकिम जिच, बारेक बोसुफा, युनेस बेलहान्दा, करिम एल अहमदी, नोर्दिन अमराबत, खालिद बोतेब

प्रभाव पार्ने खेलाडी

इरान – अलिरेजा जाँहबक्स

नेदरल्याण्ड्सको एजेड अल्कमार क्लबबाट व्यावसायिक फुटबल खेल्ने अलिरेजा जाँहबक्स विश्वकपमा इरानी टिमका खम्बा हुन् ।

उनी विङ्गर र अट्याकिङ मिडफिल्ड दुवै पोजिसनमा खेल्न सक्छन् । सन् २०१३ देखि इरानी टिममा रहेका उनले ३८ खेलमा ४ गोल गरेका छन् ।

उनले सन् २०१७/१८ को सिजन अल्कमारबाट खेलेका ३९ खेलमा २२ गोल गरेका थिए । साथै १४ गोलका लागि सहयोग गरेका थिए । यसैले उनमा खेल मिलाउने क्षमता राम्रो देखिन्छ ।

२४ वर्षका उनले खेलमा पेस र पावर दुवै राख्छन् र विपक्षीबाट बल खोसेर पोसेसन मिलाउने काम पनि गर्छन् । विश्वका ठूला लिग खेलमा जाने उनको बाटो पनि विश्वकपबाटै तय हुने हुँदा उनले आफूलाई अब्बल साबित गर्न कुनै कसर बाँकी राख्ने छैनन् ।

मोरक्को – हकिम जिच

हकिम जिच मोरक्कन टिमका प्ले मेकर हुन् । नेदरल्याण्ड्सको क्लब अजाक्सबाट व्यावसायिक फुटबल खेल्ने उनी सन् २०१५ देखि मोरक्कोको राष्ट्रिय टिममा छन् ।

अजाक्सका लागि उनले गएको सिजन २१ गोलको अवसर सिर्जना गरेका थिए । उनी डिफेन्स लाइनदेखि अट्याकसम्म बल मिलाउन सक्छन् । अप्ठ्यारा परिस्थितिमा पनि सम्हालिएर खेल्ने र उत्कृष्ट पास दिने उनको कला राम्रो छ । यसैले २५ वर्षका उनी यो विश्वकपमा नै ‘गेम चेन्जर’ को रुपमा देखिन सक्छन् ।

नेदरल्याण्ड्सकै ड्रोनटेनमा जन्मिएका उनले नेदरल्याण्ड्सको यु-१९, यु-२०, यु-२१ राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन् ।

उनले मोरक्कोको राष्ट्रिय टिमबाट खेलेका १८ खेलमा ९ गोल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

यो वर्षको एसईई आजदेखि सुरु

    माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका