पोर्चुगल र स्पेनबीचको रोमाञ्चक खेल ३–३ को बराबरी, समय सकिन दुई मिनेट अघि यसरी गरे रोनाल्डोले गोल



हाम्रो इकोनोमि

क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट फ्रिकिक गोलसहित आफ्नो ह्याट्रिक पूरा गरेपछि पोर्चुगल र स्पेनबीचको रोमाञ्चक खेल ३–३ को बराबरीमा सकिएको छ ।

खेलको निर्धारित समय सकिन दुई मिनेट अघि गोल गर्दै रोनाल्डोले खेल ३–३ को बराबरीमा ल्याएका हुन् ।

यसअघि स्पेनविरुद्ध एक पनि गोल गर्न नसकेका रोनाल्डोले योसँगै पोर्चुगलका लागि छैटौँ र आफ्नोको करियरको ५१ औँ ह्याट्रिक पनि पुरा गरे ।

उनी स्पेनविरुद्ध विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

यसअघि खेलमा अग्रता भने पोर्चुगलले लिएको थियो ।

रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै स्पेनविरुद्ध पोर्चुगलका लागि पहिलो गोल गरेका थिए ।

खेलको तेस्रो मिनेटमा नाचोले रोनाल्डोलाई लडाएपछि पाएको पेनाल्टीलाई रोनाल्डोले खेलमा पोर्चुगललाई अग्रता दिलाएका थिए ।

तर, डिएगो कोस्टाले पोर्चुगलविरुद्ध स्पेनका लागि बराबरी गोल फर्काएका थिए ।

सर्जियो बुस्केटको पासमा गोल गर्दै कोस्टाले खेलको २४ औँ मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफ सकिन लाग्दा पोर्चुगलले फेरि अग्रता बनाउन सफल भएको थियो ।

रोनाल्डोको प्रहारलाई स्पेनका गोलकिपर डेभिड डे गियाले रोक्दा गल्ती गरेपछि पोर्चुगलले पुनः अग्रता बनाएको थियो ।

खेलको दोस्रो हाफमा स्पेनका स्ट्राइकर डिएगो कोस्टा र नाचोले केही मिनेटको अन्तरालमा गोल गरेपछि स्पेनले खेलमा पहिलो पटक अग्रता लिएको थियो ।

कोस्टाले खेलको दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएसँगै नाचोले अर्को गोल थप्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

तर, खेलको अन्त्यमा रोनाल्डोले बराबरी गोल फर्काउन सफल भएका हुन् ।

योसँगै चार विभिन्न विश्वकपमा गोल गर्ने रोनाल्डो पहिलो पोर्चुगिज खेलाडी बनेका छन् ।

त्यस्तै, लगातार आठ मुख्य प्रतियोगितामा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...