अख्तियारमा प्रहरीको दादागिरी मौलाए पछी आयोगमा प्रहरी कटौती



हाम्रो इकोनोमि

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रहरी संख्यामा कटौती हुने भएको छ । सर्वोच्च अदालतबाट आयोगको प्रमुख आयुक्तमा अयोग्य घोषित भएका लोकमान सिंह कार्कीको पालामा दरबन्दीभन्दा धेरै प्रहरीहरू काजमा राखी उनले अख्तियारलाई प्रहरीमय बनाएका थिए । निजामतीलाई भन्दा प्रहरीलाई बढी विश्वास गरी संख्या अत्यधिक बढाएपछि निजामती कर्मचारीहरू कार्कीसँग रुष्ट भएका थिए । त्यसपछि आयोगको प्रमुख बनेका दीप बस्न्यातले पनि कार्कीको निर्णयलाई निरन्तरता दिए । हालका निमित्त प्रमुख नवीन घिमिरेले प्रहरीको संख्यामा व्यापक कटौती गर्दैछन् ।

जसअनुरूप प्रहरी अधिकृत प्रमुख रहने आयोगका सम्पर्क कार्यालयहरू बर्दीवास, बुटवल, कोहलपुर र महेन्द्रनगरमा समेत अब प्रहरी प्रमुखलाई हटाएर निजामतीलाई नै कार्यालय प्रमुखको जिम्मेवारी दिने तयारी भइरहेको छ भने सम्पर्क कार्यालय, क्षेत्रीय कार्यालय र मुख्यालयमा समेत प्रहरी संख्यामा व्यापक कटौतीको तयारीमा निमित्त आयोग प्रमुख घिमिरे रहेका छन् । शतप्रतिशत अतिरित्त भत्ता पाइने भएपछि अख्तियारमा कार्यरत रहनका लागि प्रहरीहरूको तँछाडमछाडमात्रै हुँदैनथ्यो कि राजनीतिक सोर्सफोर्सका आधारमा अख्तियारमा खटिँदै आएका थिए । सरकारले आयोगमा कार्यरत कर्मचारीले पाउँदै आएको भत्तामा समेत कटौतीको तयारी गरिरहेको छ भने प्रहरीहरू धेरै फिर्ता हुने भएपछि त्यहीँ कार्यरत रहनसमेत केही प्रहरीहरू शक्तिकेन्द्र धाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...