स्पेन भर्सेस पोर्चुगल, पोर्चुगलले रोक्ला स्पेनको अपराजित यात्रा ?, दुई टोलीबीच भएका ३५ खेलमा पोर्चुगलले ६ खेल मात्र जितेको छ



विश्वकप फुटलब बिहीबार सुरु भयो । अब शुक्रबारदेखि खेलको क्रममा र नयाँ कीर्तिमान बन्ने क्रमले पनि थप तीव्रता पाउने छन् ।

रुसमा सुरु भएको विश्वकपमा शुक्रबार निकै ठूलो र भव्य प्रतिस्पर्धा हुँदैछ, स्पेन भर्सेस पोर्चुगल । खेल नेपाली समय अनुसार राति पौने १२ बजेपछि सुरु हुनेछ ।

समूह बी मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् र उनीहरु महादेशीय प्रतिस्पर्धाका विजेता पनि । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो । उसले दुई वर्षअघि युरोकपको उपाधि जितेको हो ।

स्पेनसँगको भव्य खेलका लागि तयार रहेको पोर्चुगलले टिमका खेलाडी सबै फिट रहेको बताएको छ ।

यस्तै स्पेनिस टिममा पनि सबै राम्रो छ । ड्यानिएल कारभाहाल चोटबाट मुक्त भएर बिहीबारदेखि प्रशिक्षणमा फर्किएका छन् ।

स्पेन पछिल्ला २० खेलमा अपराजित रहेको छ र उसलाई विश्वकपको उपाधि दाबेदारको रुपमा हेरिएको छ । स्पेनको टिममा धेरै स्टार खेलाडी छन् ।

तुलनात्क रुपमा पोर्चुगलको अवस्था केही कमजोर देखिन्छ । तर यो टिममा यो शताब्दीकै उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो हुनु ठूलो कुरा हो ।

रियल मड्रिडका दुई साथी खेलाडी रामोस र रोनाल्डो यो खेलमा आआफ्नो देशको कप्तानी गर्दै मैदानमा हुने छन् ।

हेड-टू-हेड


स्पेन र पोर्चुगलबिच अहिलेसम्म ३५ पटक भेट भएको छ र इतिहास स्पेनको पक्षमा छ । यी खेलमा स्पेन १६ पटक विजयी भएको छ भने पोर्चुगल मात्रै ६ खेलमा जित निकाल्न सफल भएको छ । १३ खेल बराबरीमा सकिएका छन् ।

विश्वकपमा भने यी दुई बिच मात्रै एक पटक भेट भएको छ । सन् २०१० को अन्तिम १६ मा भएको भेटमा स्पेन १ ० ले विजयी भयो ।

स्पेन र पोर्चुगलको टिममा च्याम्पियन्स लिग जितका ४३ खेलाडी छन्, स्पेनको टिममा ३४ र पोचुैगलको टिममा ९ ।

पोर्चुगल

पोर्चुगल इतिहासमै पहिलो विश्वकप उचाल्ने लक्ष्यसहित रुस पुगेको छ । उ लगातार युरोपक र विश्वकप जितेर त्यस्तो कीर्तिमान बनाउने चौथो देश बन्न चाहन्छ । यसअघि यो काम पश्चिम जर्मनी, फ्रान्स र स्पेनले गरेका छन् ।

पश्चिम जर्मनीले सन् १९७२ मा युरोकप तथा १९७४ मा विश्वकप, फ्रान्सले १९९८ मा विश्वकप तथा २००० मा युरोकप तथा स्पेनले २००८ मा युरोकप तथा २०१० मा विश्वकप जितेका थिए ।

पोर्चुगलका कप्तान क्रिष्टियोनो रोनाल्डो विश्वकप छनौट अन्तर्गत युरोपियन क्षेत्रका सर्वाधिक गोलमा भूमिका खेल्ने खेलाडी हुन् । उनले १५ गोल गरेका छन् भने तीन गोलका लागि सहयोग गरेका छन् । तर उनले स्पेन विरुद्ध गोल गर्न नसकेको ३४० मिनेट भइसकेको छ ।

पोर्चुगलले विश्वकपको समूह चरणमा भएका पछिल्ला ९ खेलमा एकमा मात्रै हार बेहोरेको छ । सन् २०१४ मा उ जर्मनीसँग ४ ० ले हारेको थियो ।

फर्नान्डो सान्तोस प्रशिक्षकका रुपमा सबै तीन प्रमुख प्रतिस्पर्धाको नकआउट चरणमा प्रवेश गरेका छन् । उनले ग्रिसलाई सन् २०१२ को युरोकपमा क्वाटर फाइनलसम्म लगे ।

यस्तै ग्रिसलाई उनले सन् २०१४ को विश्वकपमा अन्तिम १६ सम्म लगेका थिए । उनले दुई वर्षअघि पोर्चुगललाई युरोकपको उपाधि दिलाए ।

पोर्चुगलले अहिलेसम्म विश्वकपमा ४३ गोल गरेको छ र त्यसमा पेनाल्टी बक्स भन्दा बाहिरबाट गरिएको एक मात्रै गोल छ ।

स्पेन

स्पेन पछिल्ला चार विश्वकप मध्ये तीन विश्वकपमा समूहको विजेता बनेको छ । तर उसले विश्वकपमा आफ्नो पहिलो खेलमा भने त्यति राम्रो गर्न सकेको देखिँदैन ।

उसले विश्वकपका पछिल्ला १२ खेल जो उसको प्रतियोगितामा पहिलो हुन्, त्यसमा एक खेलमा मात्रै जित निकालेको छ । उ सात खेलमा हारेको छ भने तीन खेलमा बराबरी भएको छ ।

स्पेन रुस विश्वकपसहित पछिल्ला ११ विश्वकपमा बिना प्ले अफ सीधै छानिएको छ । यो उसको लगातार सहभागिताको लामो यात्रा हो ।

स्पेनले सन् १९९३ यता विश्वकप छनौटमा कुनै पनि खेल गुमाएको छैन । तर विश्वकपमा भने समूह चरणका पछिल्ला ६ खेलमा तीनमा तीन खेलमा हारेको छ ।

विश्वकपमा स्पेनका पछिल्ला १४ खेलमा कुनै पनि बराबरीमा टुंगिएका छैनन् । उले १० खेल जितेको छ भने चार खेलमा हार बेहोरेको छ ।

न विश्वकप छनौट अपराजित रहने चार युरोपेली टिम मध्ये एक हो । बेल्जियम, इंग्ल्याण्ड र जर्मनी पनि अपराजित रहेका थिए । स्पेनले विश्वकप छनौटका १० मध्ये ९ खेल जितेको हो ।

यो विश्वकपका लागि टिममा रहेका ६ खेलाडीले सन् २०१० मा विश्वकपको उपाधि उचालेका थिए । जसमा डेविड सिल्भा, सर्जिओ रामोस, आन्द्रेस इनिएस्टा, पेपे रिइना, सर्जिओ बास्क्वेट्स र जेरार्ड पिके हुन् ।

 

विश्वकप प्रिभ्यु : पोर्चुगलले रोक्ला स्पेनको अपराजित यात्रा

युरोपका दुई छिमेकी प्रतिद्वन्द्वी पोर्चुगल र स्पेनले आज सोची शहरमा अर्काविरुद्ध भिड्दै  विश्वकप यात्रा थाल्नेछन् । ओलम्पियस्की स्टेडियम स्फिट्मा हुने यस खेललाई समूह चरणकै सबैभन्दा ठूलो प्रतिस्पर्धा मानिएको छ ।

यी दुई देशबीच सन् २०१२ को युरोकपपछि ठूला प्रतियोगितामा हुन लागेको यो नै पहिलो भेट हो । त्यतिबेला गोलरहित बराबरीमा सकिएको खेल स्पेनले टाइब्रेकरमा जितेको थियो ।

स्मरण रहोस्, स्पेन सन् २०१० को विश्वकप तथा सन् २००८ र सन् २०१२ को युरोकप विजेता हो । पोर्चुगल अहिलेको युरोपेली विजेता हो । त्यसैले पनि क्रिष्ट्रियानो रोनाल्डो र रिकार्डो क्वारिज्माजस्ता अनुभवी तथा बर्नार्डो सिल्भा, आन्द्रे सिल्भाजस्ता युवा खेलाडीहरुको साथ पाएको पोर्चुगल निकै उत्साहित छ ।

तर, इतिहास हेर्ने हो भने दुई टोलीबीच भएका ३५ खेलमा पोर्चुगलले मात्र ६ खेल जीतेको छ भने स्पेनले १६ मा जीत हासिल गरेको छ । यसमध्ये १३ खेल बराबरीमा सकिएको छ ।

यसक्रममा स्पेनले ७२ तथा पोर्चुगलले ४१ गोल गरेको छ ।

प्लेयर टु वाच 

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल

निर्विवाद रुपमा क्रिष्ट्रियानो रोनाल्डो हेर्नलायक खेलाडी हुन् । ३३ वर्ष रोनाल्डो अझै फर्ममा छन् । तर, ४ वर्षपछि के हुन्छ त्यो कसलाई थाहा ? त्यसैले धेरैले रोनाल्डोका लागि यो अन्तिम विश्वकप हुने अड्कल काटेका छन् । यद्यपि रोनाल्डो अर्को विश्वकप पनि खेल्ने बताउँछन् ।

रियल म्याड्रिडका यी स्टार क्लबका लागि जति उत्कृष्ट खेल्छन् । आफ्नो देशका लागि पनि उनले उत्तिकै योगदान गरेका छन् । तर, दुग्भार्य देशबाट खेल्दा ठूला अवसरमा चुक्ने गरेको आरोप उनीमाथि लाग्छ । यस्तोमा आफुमाथि लागेका आरोप चिर्नुपर्ने चुनौती रोनाल्डोमाथि छ । प्रशिक्षक फर्नान्डो सन्तोषको टोलीका बर्नार्डो सिल्भा, आन्दे्र सिल्भा, गिल्सन मार्टिन्सलगायतका खेलाडीको खेल पनि विशेष हुनेछ ।

आन्द्रेस इनियेस्टा, स्पेन

स्पेनका आन्द्रेस इनिस्टाका लागि पनि यो अन्तिम विश्वकप हो । विश्व फुटबलमा सम्भव सबै उपाधि इनिस्टाले जितिसकेका छन् । र पनि यी सिर्जनात्मक मिडफिल्डर आफ्नो यात्रालाई अघि बढाउन चाहन्छन् ।

सन् २०१० मा स्पेनलाई विश्वकप जिताउने क्रममा उनले फाइनलमा निर्णायक गोल गरेका थिए । सन् २००८ र ०१२ को युरोकपमा पनि उनको प्रदर्शन महत्वपूर्ण थियो ।

तर, स्पेनिस टोली गत संस्करणको विश्वकपमा समुह चरणबाटै बाहिरियो । उक्त हारलाई बिर्साउन पनि यसपटक इनिस्टाको प्रेरणादायी खेलको खाँचो छ ।

टोलीमा डेनी कार्भाजालको सट्टा अल्भारो अड्रियोजोलाले सुरुवाती एघारमा स्थान बनाउने संभावता धेरै छ । डियगो कोस्टा अग्रपंक्ति तथा इस्को र डेभिड सिल्भा मिडफिल्डमा हुनेछन् ।
यता, पोर्चुगलको अग्रपंक्तीमा गुडिस र रोनाल्डो हुनेछन् । मध्यपंक्तिमा पेपे र फोन्टेले खेल्नेछन् । मिडफिल्डमा बर्नार्डो सिल्भाको भूमिका महत्वपूर्ण हुनेछ ।

खतरनाक स्पेन 

पोर्चुगलको प्रदर्शन पछिल्लो समय अस्थिर छ । यता, स्पेन खतरनाक देखिएको छ । आफ्ना पछिल्ला ६ खेलध्ये पोर्चुगलले तीन खेल जितेको छ । स्विचरल्यान्ड, इजिप्ट र अल्जेरियामाथि जित निकालेको यो टोली विश्वकपमै छनोट हुन नसकेको नेदरल्यान्डसँग ३–० ले पराजित भएको थियो । त्यस्तै ट्युनिसिया र बेल्जियमसँग पोर्चुगलले बराबरी खेल्यो ।

स्पेन पछिल्ला २० खेलदेखि अपराजित छ । पछिल्ला १२ खेलमध्ये उसले १० खेल जितेको छ र २ खेल बराबरी खेलेको छ । तर पनि, स्पेनका आफ्नै समस्या छन् । प्रमुृख प्रशिक्षक जुलेन लोपेटेगुई, जसले स्पेनलाई अहिलेको अवस्थासम्म ल्याए । उनी बर्खास्तीमा परेका छन् ।

देशको फुटबल संघलाई नै नसोधी रियल म्याड्रिडसँग सम्झौता गरेको भन्दै उनलाई बर्खास्ती गरिएको हो । स्पोर्टिङ डाइरेक्टर तथा पूर्व खेलाडी फर्नान्डो हियर्रोले प्रशिक्षण सम्हालेका छन् । ‘हामी यहाँ विश्वकपका लागि लड्न आएका हौं । टोली उत्साहित छ र हामीसँग ठूलो अवसर छ ।

त्यसैले हाम्रो ध्यान यसैमा केन्द्रीत छ,’ हियर्रोले भनेका छन् ।
विश्वकपमा अहिलेसम्म यी दुई देशबीच एकपटक मात्रै भएको छ । सन् २०१० को विश्वकपमा पोर्चुगललाई अन्तिम १६ मा हराउँदै स्पेनले क्वाटरफाइनल यात्रा गरेको थियो । डेभिड भिल्लाले त्यतिबेला निर्णायक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको