तिमी हुन्छौ जहाँ जहाँ’ मोफसल डौडाहमा



हाम्रो इकोनोमि

असार ८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को प्रचार प्रसारलाई तिब्रता दिइएको छ । फिल्म प्रमोशनका लागि राजधानीमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरी फिल्म युनिट अहिले मोफसल डौडाहामा छ ।। गत बर्ष प्रदर्शनमा आएको फिल्ममा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठ सहित नव अभिनेत्री तमन्ना केसी, निर्माता दाल चन्द्र दवाडी, कार्यकारी निर्माता प्रकाश बासकोटा सहितको टोली देश डौडाहमा निस्केको हो ।

फिल्म युनिटले चितवनको नारायणगढमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नायिका मलिना जोशीले ‘तिमी हुन्छौ जहाँ जहाँ’ लभस्टोरी फिल्म भएको बताईन । लभ स्टोरी भए पनि फिल्ममा एक्सन पनि रहेको मलिनाको भनाई रहेको छ । फिल्म राम्रो बनेकोले दर्शकलाई हल सम्म गएर हेरिदिनुहुन मलिनाले आग्रह गरिन् ।
फिल्मका नायक मनिष सुन्दर श्रेष्ठले चलचित्र राम्रो बनेको बताएका छन् । ‘रानी’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका मनिषले पहिलो फिल्म भन्दा यो फिल्म राम्रो काम गरेको बताए ।

यही चलचित्रबाट डेब्यु गरेकी नव अभिनेत्री तमन्ना केसीले आफुलाई पहिले देखी नै चलचित्रमा काम गर्ने इच्छा रहेको र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले आफ्नो सपना साकार पारेको बताईन । मैले खोजेको जस्तै स्क्रिप्ट पाए र काम गर्न तयार भए, तमन्नाले भनिन् ।

फिल्मका निर्माता दाल चन्द्र दवाडी र कार्यकारी निर्माता प्रकाश बासकोटाले पनि चलचित्र राम्रो बनेको बताए । गीतसंगीत र ट्रेलरले फिल्मको चर्चा बढीरहेको छ । बिकास बस्यालको निर्देशन रहेको चलचित्रमा राम शरण उप्रेतीको सिनेमाटोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...