नक्कली नोट छापेर बजारमा छ्याप-छ्याप्ती पार्ने लुटका लुटेरा निर्माता सहितका यी तीन भाई जाकीए खोरमा



हाम्रो इकोनोमि

नक्कली नोट छापेको आरोपमा पक्राउ परेका चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्ले जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

वाग्लेले चङ्गाचेट फिल्मका लागि आफुले नक्कली नोट छापेको दाबी गर्दै आएका थिए। उनले छापेको उक्त पैसामध्ये केही कारोबार भएको पाईएपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको थियो। पक्राउ परेका मध्ये तीन जनालाई धरौटीमा छाड्ने आदेश भएको छ।

२ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको थियो। गत जेठ २ गते उनीहरुलाई प्रहरीले दुई करोड ५० लाख नेपाली रुपैयाँभन्दा बढी नक्कली नोटसहित पक्राउ गरेको थियो। नोटमा फिल्म प्रयोजनका लागि र नक्कली लेखिएको पाईएपनि राष्ट्र बै‌ंकले नक्कली नोट छाप्नै नपाईने नियम रहेको स्पष्ट पारेको थियो।

जिल्ला अदालत काठमाडौंले तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । बाग्लेसागै सुजित तामाङ र महेन्द्र बोगटीलाई केन्द्रीय कारागारमा राखिएको छ ।

साढे २ करोड भन्दा बढी नक्कली नोटसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । बरामद भएको केही नोटमा ‘फिल्म प्रयोजनका लागि’ लेखिएको थियो तर, धेरैमा थिएन ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...