टिपरको यस्तो डरलाग्दो ज्यादती,एक महिनामा ३४ जनाको ज्यान यसरी लियो



काठमाडौं जडिबुटीको बीच सडकमा बुधबार ट्रिपरमा आगजानी भएको छ । ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक एक महिलाको घटनास्थलमै मृत्युभएपछि स्थानीयले ट्रकमा आगजानी गरेका हुन् । बा ४ ख ३५५८ नम्बरको ट्रिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएपछि आक्रोसित स्थानीयले ट्रकमा आगजानी गरेका हुन् । आगजानीपछि नारा लगाउँदै स्थानीयले ‘मान्छे मार्न पाइदैन, हान्दे–हान्दे’ भन्दै कराइरहेका थिए ।

पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा हेर्ने हो भने ट्रिपर आंतक नै भएको छ । ट्रिपरको ठक्करबाट यहि वैशाखदेखि अहिलेसम्म आधा दर्जनभन्दा बढीको ज्यान गइसकेको छ । समान बोक्ने ट्रिपर, ट्रकमा अत्यधिक भार हुने भएकाले कार्यालय समयमा चलाउन नदिएपछि ११ बजे खुला गर्ने गरिन्छ । ११ बजे खुल्ना साथ मालबाहक सवारी साधन हतारमा चलाउने र अझ बेलुकी ८ बजेपछि ट्राफिक प्रहरीको उपस्थिति कम हुनाले जथाभावी चलाउने र सिकारुले समेत चलाउनाले दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीको भनाई छ । बेलुकीको समयमा हेर्ने हो भने ट्रिपरको गति भक्तपुर सडक खण्डमा सयभन्दा बढी हुने गरेका छन् । जथाभावी चलाउने, ओभरटेक गर्ने गर्दा पनि ट्रिपरले साना सवारी साधनलाई पटक–पटक ठक्कर दिने गरेका छन् । जेठ ९ गते मात्रै काभे्रको साँगाबाट तिव्र गतिमा आएको बा ३ ख ६६७४ नम्वरको ट्रिपरले सूर्यविनायक नगरपालिका ९ पलासेमा बा ५६ प १२२७ नम्वरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भयो ।

घटनामा मध्यपुरथिमी नगरपालिका १ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, दोलखा मेलुङ गाउँपालिका ६ घर भई लोकन्थलीमा पसल सञ्चालन गरेर बस्दै आएकी ३६ वर्षीया सविता घिमिरे र उनको छोरा १३ वर्षीय अरविन घिमिरेको मृत्यु भएको थियो । यो घटना सेलाउन नपाउँदै फेरी अर्को घटना भएको छ । केहि समयअघि मात्र लोकन्थलीमा बा ४ ख ३०२० नम्बरको ट्रिपरले बा ३४ प ६३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर नगरपालिका ५ देकोचा बस्ने ४९ वर्षीया इन्दिरा बिजुक्छेको ज्यान गयो । छ लेन सडकमा तीव्र गतिमा आएको ट्रिपरले ठक्कर दिँदा मृतकका श्रीमान मोटरसाइकल चालक राजमान घाइते भए । यस्तै, शंखरापुर नगरपालिकाको कठनचोकमा ट्रिपरको ठक्करबाट पैदलयात्री विनोद कार्कीको मृत्यु भयो । महानगरीय ट्राफिक महाशाखाका अनुसार ९ महिनाको अवधिमा ट्रिपर र ट्रकको ठक्करबाट ३४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय ट्रिपर चालक नै सवारी दुर्घटनाको मुख्य कारण बनेको निष्कर्ष ट्राफिक प्रहरीको छ ।

साउनदेखि चैतसम्ममा १ सय ४३ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । गत आर्थिक वर्षमा गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १ सय ८२ रहेकोमा ट्रक र ट्रिपरबाट मात्र ६८ जनाको मृत्यु भएको ट्राफिकको भनाई छ । चालकको लापर्वाहीले मृत्यु भएमा १० वर्ष जेल सजाय हुने कानुनी प्रावधान छ । तर, यो कानुनी व्यवस्थाअनुसार चालकलाई कारबाही हुने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा मृत्यु हुनेको संख्या २३३ पुग्यो

    यही असोज १२ गते आएको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको

दशैंको टीकाको साइत असोज २६ गते ११:३६ बजे

    नवरात्र भनेरसमेत चिनिने दशैं नौ रात र दश दिनको हुने गरेकामा

बडादशैं सुरु, घटस्थापनाको साइत आज ९:१६ बजे

    प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादशैं आजदेखि

प्रधानन्यायधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

     प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय