छक्का पन्जा ३ को गीतमा मात्र बर्षा



अभिनेत्री बर्षा राउतले छक्का पन्जा र छक्का पन्जा २ मा काम गरिन् । यो फिल्मबाट उनलाई फाइदा पनि भयो । तर, उनी छक्का पन्जा ३ मा अटिनन् । उनको ठाउँमा अभिनेत्री दिपिका प्रसाइको इन्ट्री भयो । दिपिकाको प्रवेशसँगै बर्षा राउत बाहिरिइन् ।

तर, दिपकराज गिरी र दिपाश्री निरौलाको टिमले भने बर्षाको चित्त दुखाउन चाहेको देखिदैन । यसैले, उनीहरुले बर्षालाई पनि छक्का पन्जा ३ मा समेट्ने भएका छन् । फिल्मको एउटा गीतको छायांकन बाँकी छ । पोखराको सेड्यूल सकेर राजधानीमा गीतको छायांकन गर्ने योजना दिपकको छ । यो गीतमा दिपकले आफ्ना अघिल्लो फिल्मका हिरोइनहरुलाई राख्ने भएका छन् ।

अभिनेत्री स्वस्तिमा खड्का फाइनल भएसँगै अब बर्षा राउतले पनि गीतमा नृत्य गर्नेछिन् । मल्टिस्टार कलाकार राखेर गीतलाई हाइप दिने दाउमा दिपक लागेका छन् । फिल्म दशैको फूलपातिमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग

नियमन सम्भव नभएपछि टिकटक प्रतिबन्ध : सञ्चार मन्त्रालय

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न

दुर्गा प्रसाईँको अभियानमा आएका महिलामाथि दुर्व्यवहार

    दुर्गा प्रसाईंले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमका लागि उपत्यका बाहिरबाट आएका