छक्का पन्जा ३ को गीतमा मात्र बर्षा



हाम्रो इकोनोमि

अभिनेत्री बर्षा राउतले छक्का पन्जा र छक्का पन्जा २ मा काम गरिन् । यो फिल्मबाट उनलाई फाइदा पनि भयो । तर, उनी छक्का पन्जा ३ मा अटिनन् । उनको ठाउँमा अभिनेत्री दिपिका प्रसाइको इन्ट्री भयो । दिपिकाको प्रवेशसँगै बर्षा राउत बाहिरिइन् ।

तर, दिपकराज गिरी र दिपाश्री निरौलाको टिमले भने बर्षाको चित्त दुखाउन चाहेको देखिदैन । यसैले, उनीहरुले बर्षालाई पनि छक्का पन्जा ३ मा समेट्ने भएका छन् । फिल्मको एउटा गीतको छायांकन बाँकी छ । पोखराको सेड्यूल सकेर राजधानीमा गीतको छायांकन गर्ने योजना दिपकको छ । यो गीतमा दिपकले आफ्ना अघिल्लो फिल्मका हिरोइनहरुलाई राख्ने भएका छन् ।

अभिनेत्री स्वस्तिमा खड्का फाइनल भएसँगै अब बर्षा राउतले पनि गीतमा नृत्य गर्नेछिन् । मल्टिस्टार कलाकार राखेर गीतलाई हाइप दिने दाउमा दिपक लागेका छन् । फिल्म दशैको फूलपातिमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...