एक अर्ब ५२ करोड खर्च गरेर ट्रम्प र किमको यसरी हुदैछ वार्ता,चीनलाई चकित पार्दै यस्तो हुने भयो सहमति



हाम्रो इकोनोमि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार सिंगापुरमा शिखर वार्ता हुँदै छ ।

वार्ताका लागि दुई देशका बाहलवाला प्रमुख सिंगापुर पुगिसकेका छन् । यो वार्तामा धेरै विषयमा सहमति हुने विश्वास लिइएको छ । तर यो वार्ताको अर्को एउटा पाटो छ, त्यो हो खर्च ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार वार्ताको खर्च मात्रै एक करोड ५० लाख अमेरिकी डलर रहेको छ । त्यो भनेको नेपाली मुद्रामा करिब एक अर्ब ५२ करोड बराबर हो ।

विश्व शान्तिका बीच हुन लागेको यो पहिलो वार्तामा के कति खर्च हुन्छ भन्ने भन्दा पनि परिणाम के निस्कन्छ भन्ने विषय नै महत्वपूर्ण रहेको छ, अन्तर्राष्ट्रिय सञ्चार माध्यर्र्म एफपीले जनाएको छ ।

शिखर वार्ताको खर्च कसले र कसरी व्यहोर्ने भन्ने विषय प्रष्ट नहुँदै सिंगापुरले वार्ता व्यवस्थापनका लागि लाग्ने सबै खर्च व्योहोर्न आफू तयार रहेको जनाएको छ ।

खर्चको ५० प्रतिशत हिस्सा सुरक्षाका लागि छुट्याएको छ । विशेष गरी गोर्खा सैनिकले पहिलो घेरामा रहेर वार्ता स्थलको सुरक्षा गर्नेछन् ।

अन्तर्राष्ट्रिय शान्तिको लागि भएको पहलको दृष्टिले यो खर्च स्वाभाविक भएको र यसले सिंगापुरको समेत हित गर्ने त्यहाँका प्रधानमन्त्री लुङ्गको भनाइ छ ।

सिंगापुर र उत्तर कोरियाबीचको कुटनीतिक सम्बन्ध समेत लामै रहेको थियो । तर उत्तरले आणविक कार्यक्रम अगाडि बढाएको भन्दै उसले सो सम्बन्धबाट हात झिक्ने निर्णय गर्यो ।

तर पछिल्लो पटक वार्ताका लागि ट्रम्प र उनले सिंगापुर नै रोजेपछि सिंगापुरका विदेश मन्त्री प्योङयाङ पुगे र मित्रताको हात बढाए । दुई देशबीच लामो समयदेखि व्यापार, वाणिज्यमा समेत राम्रो सम्बन्ध रहेको थियो । दुई राष्ट्रप्रमुखको वार्तापछि त्यसमा अझै विस्तार हुने उनीहरुले विश्वास लिएका छन् ।

कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय वार्ता प्रमुख मुद्दा हुनेछ । जसलाई राष्ट्रपति ट्रम्पले शान्तिका लागि ‘एक पटकका लागि प्रयास’ भनेका छन् ।

कोरियाली प्रायद्वीपमा लामो समयदेखि घोषणा गरिएको युद्धविरामलाई शान्ति प्रक्रियामा परिणत गर्नु पनि सम्मेलनको उद्देश्य रहनेछ ।

सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिङ्गापुर पुगेका थिए । यदि सम्मेलन सफल भएमा दुई नेतालाई भेट गराउने सिङ्गापुरका प्रयास ऐतिहासिक बन्नेछ– किमले विमानस्थलबाट उत्रिएपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग भने ।

त्यसैगरी अमेरिकी राष्ट्रपति पनि औद्योगिक राष्ट्रहरूको समूह जी–७ को क्यानडामा भएको सम्मेलनमा सहभागी भै आइतबार नै सिङ्गापुर पुगेका हुन् ।

उनीहरुलाई स्वागत गर्न पुग्नुभएका सिङ्गापुरका अधिकारीसँगको कुराकानीमा ट्रम्पले सम्मेलनबारे धेरै राम्रो महशुस गरेको बताएका थिए । दुई नेताको सुरक्षाका लागि सिङ्गापुरका अधिकारीले सम्मेलनस्थल र वरपरका क्षेत्रमा अत्यन्तै कडा सुरक्षाको प्रबन्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...

ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...