सुन तस्कर गोरेलाई काठमाडौँ ल्याइयो,एसएसपी श्याम र भुजुङलाई पनि ल्याइदै,यस्तो छ कारण



हाम्रो इकोनोमि

सुन तस्करी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका तीन जनालाई सोमबार काठमाडौँ झिकाइएको छ।
सरकारले गठन गरेको छानबिन समितिले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री र अर्का अभियुक्त भुजुङ गुरुङलाई थप अनुसन्धानका लागि काठमाडौँ झिकाएको हो।

छानबिन समितिका एक सदस्यले भने ‘पुर्पक्षमा रहेका उनीहरूलाई थप अनुसन्धानको लागि ल्याउन लागिएको हो। अनुसन्धानले थप पाटाहरू खुल्नेछन्।’

तीनै जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो। गोरे बाहेक अन्य दुई जना क्षेत्रीय कारागार झुम्कामा थिए। गोरे भने मोरङ कारागारमा छन्। गोरेलाई बिहानको फ्लाइट मार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।

शुक्रबार छानबिन समितिले सुनका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार ‘एमके’ अग्रवालको घरमा छापा मारेको थियो। छापाको क्रममा समितिले केही महत्त्वपूर्ण कागजपत्र समेत बरामद गरेको थियो।

अभियुक्तमाथि सम्पत्ति शुद्दीकरणको आरोपमा पनि छानबिन अघि बढाइने भएको छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...