पोखरामा पाँच प्याराग्लाइडर फेवातालमा खसे, सशस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीयले गरे उद्धार, प्यारापाइलट र पर्यटक सकुशल



हाम्रो इकोनोमि

हावाहुरीका कारण आइतबार पोखरामा पाँच प्याराग्लाइडर दुर्घटनामा परेका छन् । प्याराग्लाइडिङ गर्ने पाइलट र पर्यटक भने सुरक्षित रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

सराङकोटबाट उडेर आकाशमा रमाउँदै गरेका दुई प्याराग्लाइडर फेवातालमा खसेका हुन् । अन्य तीन प्याराग्लाइडर ताल किनारको जङ्गलमा खसेको वडा कार्यालय बैदामका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए ।

फेवातालमा दुर्घटना भएका प्यारापाइलोटलाई सशस्त्र प्रहरीको उद्धार टोली, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका हुन्। ताल किनारका जंगलमा खसेका प्यारापाइलोट स्थानीयको सहयोगमा उद्धार गरी घर फर्केको प्रहरीले बताएको छ ।

फेवतालमा माउण्टेट फ्लायर र पिस हिमालयन प्याराग्लाइडिङ कम्पनीबाट उडान भरेको प्यारा तालमा खसेको प्रहरीले बताएको छ ।

माउण्टेन फ्लायर पाइलोट करण पहारी र भारतको आग्राहाका पर्यटक दिलिप शर्मा, पिस हिमालयन प्याराग्लाइड्रिका पाइलोट सुरेश नेपाली र चिनियाँ पर्यटकलाई प्रहरीले तालबाट उद्धार गरेको हो दुर्घटनामा परेको सबै प्यारापाइलट र पर्यटक सकुशल रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...