पोखरामा पाँच प्याराग्लाइडर फेवातालमा खसे, सशस्त्र प्रहरी , नेपाल प्रहरी र स्थानीयले गरे उद्धार, प्यारापाइलट र पर्यटक सकुशल



हाम्रो इकोनोमि

हावाहुरीका कारण आइतबार पोखरामा पाँच प्याराग्लाइडर दुर्घटनामा परेका छन् । प्याराग्लाइडिङ गर्ने पाइलट र पर्यटक भने सुरक्षित रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

सराङकोटबाट उडेर आकाशमा रमाउँदै गरेका दुई प्याराग्लाइडर फेवातालमा खसेका हुन् । अन्य तीन प्याराग्लाइडर ताल किनारको जङ्गलमा खसेको वडा कार्यालय बैदामका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए ।

फेवातालमा दुर्घटना भएका प्यारापाइलोटलाई सशस्त्र प्रहरीको उद्धार टोली, नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका हुन्। ताल किनारका जंगलमा खसेका प्यारापाइलोट स्थानीयको सहयोगमा उद्धार गरी घर फर्केको प्रहरीले बताएको छ ।

फेवतालमा माउण्टेट फ्लायर र पिस हिमालयन प्याराग्लाइडिङ कम्पनीबाट उडान भरेको प्यारा तालमा खसेको प्रहरीले बताएको छ ।

माउण्टेन फ्लायर पाइलोट करण पहारी र भारतको आग्राहाका पर्यटक दिलिप शर्मा, पिस हिमालयन प्याराग्लाइड्रिका पाइलोट सुरेश नेपाली र चिनियाँ पर्यटकलाई प्रहरीले तालबाट उद्धार गरेको हो दुर्घटनामा परेको सबै प्यारापाइलट र पर्यटक सकुशल रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...