घुस खाएर लाइसेन्स दिन थाले पछी ओली सरकारले यी-यी ठाउमा एक महिनाका लागि सवारी लाइसेन्स बन्द गर्यो



हाम्रो इकोनोमि

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिँदै आएको अनलाइन आवेदन फारम बन्द गराएको छ ।

विभागले एक सूचना प्रकाशन गरेर अनलाइन आवेदन फारम असार मसान्तसम्मका लागि बन्द गराएको जानकारी गराएको छ ।विभागले आर्थिक वर्षको अन्त्यमा रि–ट्रायल सम्बन्धित काम सम्पन्न गर्नुपर्ने र राजस्वको हिसाब मिलान गर्नुपर्ने भन्दै अनलाइन आवेदन बन्द गराएको जानकारी गराएको छ ।

असार महिनामा अनलाइन आवेदन लिने, लिखत तथा प्रयोगात्मक परीक्षा गर्न नसकिने भएको भन्दै असार महिना भरी अनलाइन आवेदन नलिने भएको छ ।
साथै असार महिनामा अनलाइन आवेदन दिएका फम समेत सबै रद्द गर्ने विभागको निर्णय छ ।

यसैगरी रि-ट्रायल लिने परीक्षार्थीले पनि असार १५ गते भित्र लिइसक्ने व्यवस्था गर्न विभागले कोशी, एकान्तकुना, नारायणी, लुक्बिनी, गन्डकी, चावहिल, जगाती, ठूलो भर्याङको यातायात कार्यालयलाई पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...