पुर्ख्यौली घर गोरखा लगियो डा देवकोटालाई, घरको पिँढीमा बसेर भने सिस्नेधाराको पानी पिउने इच्छा थियो पुरा भयो



हाम्रो इकोनोमि

वरिष्ठ न्यूरो चिकित्सक डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा पुर्याइएर फर्काइएको छ ।  आजउनकै इच्छाअनुसार देवकोटालाई हेलिकप्टरमार्फत जन्मस्थल गोरखाको पालुङटार नगरपालिकाको आँपपिपल लगिएको थियो । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुगेर फर्किएका छन् । न्यूरो अस्पतालमा उपचाररत डा. देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो ।

डा. देवकोटाले परिवारका सदस्यहरुसँग पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए ।

देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए । घरभन्दा करिब समय मिटर माथि हेलिप्याड बनाइएको थियो । उनी आउने खबर पाएर ४/५ सय आफन्त तथा शुभचिन्तक जम्मा भएका थिए ।

देवकोटाले घरमा लगेर पिँढीमा राखियो । लगतै घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर खुवाइएको छ । गिलासको पानी चच्चाको सहयोगले डा. देवकोटालाई पानी खुवाइएको थियो ।

‘यो मुलको पानी हो । घर नजिकै सिस्नेधारा छ’ डा. देवकोटासँगै रहेका आशिष देवकोटाले  भने ।

पुर्ख्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन ।

‘उहाँ होसमै हुनुहुन्छ । म कहाँ आइपुगेँ भन्ने पनि थाहा छ’ आशिषले भने, ‘चिकित्सक र परिवारका सदस्यसँग कुरा हुन्छ । तर, अरुसँग दोहोरो कुराकानी गर्नु भएको छैन ।’

डा. देवकोटालाई शनिबार नै काठमाडौं ल्याइएको छ । त्यसका लागि भने घरमुनी अर्को हेलिप्याड बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...