जुम्लामा तारा एयरको विमान दुर्घटना, विमानमा रहेका१८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल



हाम्रो इकोनोमि

तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको हाे ।

दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।  धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज आवासगृहतर्फको फेन्समा ठोक्किएको प्रहरीले जनाएकाे छ ।

विमानमा रहेका१८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल छन् । जहाजकोनोज (अगाडिको भाग)मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए। नेपालगन्जदेखि जुम्लाको उडान समय २५ मिनेट हो। यो विमानका क्याप्टेन जेके निरौला थिए।

प्रतिक्रिया दिनुहोस
आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...

तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो

     मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार...

सच्याउन नसके कम्युनिष्ट आन्दोलन समाप्त हुन्छ : गोकुल बास्कोटा

    नेकपा (एमाले)का नेता गोकुल प्रसाद बास्कोटाले नेपालका कम्युनिष्टहरु अब सच्चिएर अघि...

जनताको फैसला सम्मानसाथ स्वीकार्छु : ओली

    एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणाम अपेक्षा गरेजस्तो नआए पनि...