जुम्लामा तारा एयरको विमान दुर्घटना, विमानमा रहेका१८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल



हाम्रो इकोनोमि

तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । जुम्लाका लागि नेपालगन्जबाट शनिबार दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको हाे ।

दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।  धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज आवासगृहतर्फको फेन्समा ठोक्किएको प्रहरीले जनाएकाे छ ।

विमानमा रहेका१८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल छन् । जहाजकोनोज (अगाडिको भाग)मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताए। नेपालगन्जदेखि जुम्लाको उडान समय २५ मिनेट हो। यो विमानका क्याप्टेन जेके निरौला थिए।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...