कहिले को-कोसँग खेल्यो विश्वकप छनोट नेपालले, नेपालले सन् १९८८ मा पहिलोपटक छनोट चरणमा भाग लियो



अर्को सातादेखि फुटबलको महाकुम्भ मेला मानिने विश्वकप रसियामा सुरु हुँदै छ । ‘महाकुम्भ’मा विश्वभरबाट छानिएका ३२ राष्ट्रका खेलाडीहरू आफूलाई विश्वच्याम्पियन बनाउने उद्देश्य लिएर रसियामा पाइला राखिसकेका छन् ।

नेपालले सन् १९७० मा फिफाको सदस्य बनेपछि मात्र विश्वकप छनोट खेल्ने अवसर पायो । विश्वकपको दोस्रो चरणभन्दा माथि उठ्न नसकेको नेपालले अहिलेसम्म ७ पटकमात्र विश्वकप छनोट खेल खेलेको छ ।

नेपालले सन् १९८८ मा पहिलोपटक छनोट चरणमा भाग लियो । यसबीचमा नेपालले दुईपटक आन्तरिक कारण देखाउँदै सन् १९९४ र २०१०मा विश्वकप छनोट चरण नखेल्ने घोषणा ग(यो । सातपटकको विश्वकप छनोट चरणमा खेल्दा नेपालले ३० खेलमा प्रतिस्पर्धा ग(यो । जसमा ठ्याक्कै सय गोल खायो । यी खेलमा नेपालले विपक्षी पोस्टमा २२ गोल मात्र गरेको छ ।

छनोट चरणमा नेपाल दक्षिण कोरिया र जोर्डनसँग समान ९–० ले फराकिलो अन्तरले पराजित भएको छ । मकाउविरुद्ध ६–१ र इस्ट टिमोरविरुद्ध ५–० को नतिजा नेपालले फराकिलो जित हो । सन् २०१८ को छनोट चरणसम्म नेपालले ३० खेल खेल्दा २२ मा हार, ४ खेलमा जित र ५ खेलमा बराबरी नतिजा निकालेको छ ।

सन् १९८६ (मेक्सिको)

डिएगो म्याराडोनाको जादुमयी प्रभाव छाडेको मेक्सिकोमा विश्वकपका लागि एसियाबाट १४ राष्ट्रले छनोट चरणमा सहभागिता जनाए । नेपालले पहिलोपटक विश्वकप छनोटमा भाग लियो । समूह ‘ए’मा रहेको नेपाल दक्षिण कोरिया र मलेसियाविरुद्ध भिड्यो । यस समूहमा दक्षिण कोरिया विजेता हुँदै विश्वकपमा छनोट भयो ।

नेपालले समग्रमा चार खेलमा एक बराबरी र तीन हारको सामना ग(यो । मलेसियासँग मात्र नेपालले गोलरहित बराबरी नतिजा निकाल्न सक्यो । नेपालले समग्रमा एक गोल पनि नगरी ११ गोल खायो । नेपाल कोरियासँग ४–०, २–० ले पराजित भयो । मलेसियालाई नेपालले २–० र ०–० को नतिजा सुम्पियो । पहिलोपटकको सहभागितामा नेपालले एक मात्र अंक हात पा(यो ।

सन् १९९० (इटाली)

इटालीमा भएको विश्वकपअघि एसियन छनोटमा नेपाल समूह ‘डी’मा प(यो । त्यसपटक एसियाबाट २५ राष्ट्रले भाग लिए । नेपालको समूहमा दक्षिण कोरिया, मलेसिया, सिंगापुर र भारत रहेका थिए ।

भारतले आन्तरिक कारण देखाउँदै सो खेलमा भाग लिएन । योपटक पनि नेपाल विपक्षी पोस्टमा एक गोल पनि नगरी समूह चरणबाटै बाहिरियो । नेपालले २८ गोल खायो । समग्रमा ९ खेल खेलेको नेपाल कोरियासँग पहिलो चरणमा ९–० ले पराजित भयो ।

सन् १९९४ (अमेरिका)

लगातार दुईपटक विश्वकप छनोट चरण खेलेको नेपालले सन् १९९४मा अमेरिकामा भएको विश्वकपको छनोट खेलमा सहभागिता जनाएन । दुई छनोट खेलमा ३९ गोल खाएपछि तत्काल अखिल नेपाल फुटबल संघले विश्वकप नखेल्ने घोषणा ग(यो ।

सन् १९९८ (फ्रान्स)

चार वर्षपछि एन्फाले विश्वकपको छनोटमा भाग लिने निर्णय ग(यो । योपटक विश्वकप फ्रान्समा हुँदै थियो । यसपटकको विश्वकपमा एसियाबाट ३६ राष्ट्रले छनोट चरणमा प्रतिस्पर्धा गरे । धेरै छनोट खेल्ने राष्ट्र भएपछि एएफसीले ३६ राष्ट्रलाई १० समूहमा विभाजित ग(यो । नेपाल समूह ‘डी’मा प(यो । नेपालको समूहमा ओमान, मकाउ र जापान थिए ।

यसपटकको छनोट खेलमा नेपालले केही सुधारिएको प्रदर्शन ग(यो । अघिल्ला दुई छनोट चरणमा एक गोल पनि गर्न नसकेका नेपाली खेलाडीले यसपटक विपक्षीविरुद्ध २ गोल गरे । नेपालले आफ्नो पहिलो खेलमा मकाउलाई १–१ को बराबरीमा रोक्यो ।

मस्कटमा भएको छनोट खेलमा मकाउविरुद्ध हरि खड्काले विश्वकप छनोट खेलकै पहिलो गोल गरेका थिए । त्यसपछि टोकियोमा नेपाल मकाउसँग २–१ ले पराजित भयो । नेपालबाट दीपक अमात्यले गोल गरेका थिए । नेपालले समूह चरणमा ६ खेलमा पाँच हार र एक बराबरी नतिजा निकाल्यो । यसपटक नेपालले १७ गोल खायो ।

सन् २००२ (जापान र दक्षिण कोरिया)

१७औँ विश्वकप फुटलबल प्रतियोगिता पहिलोपटक एसियन भूमिमा भयो । विश्वकपको इतिहासमै पहिलोपटक दुई आयोजक राष्ट्र देखिए । जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकपको आयोजना गरे । आयोजक दक्षिण कोरिया विश्व फुटबलमै सनसनी मच्चाउँदै सेमिफाइनलसम्म पुग्यो ।

जापान र दक्षिण कोरियामा भएको विश्वकपअघि सम्पन्न छनोट चरणमा नेपालले पहिलो जित निकाल्यो । १९८६ पछि विश्वकप छनोट चरणमा सहभागी नेपालको यो पहिलो जित थियो । यसपटक एसियाबाट ४० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

एएफसीले १० समूह बनाएर छनोट खेल गराएको थियो । प्रत्येक समूहमा चार टोली थिए । नेपाल समूह ‘एफ’मा प(यो । यसमा इराक, काजकास्तान र मकाउ थिए । नेपालको समूहमा इराकसँग मात्र विश्वकप खेलेको अनुभव थियो । छनोट चरणको दुवै ‘प्ले अफ’मा नेपालले मकाउलाई हरायो । पहिलो लेगमा नेपालले मकाउलाई ६–१ ले हरायो । यस खेलमा नेपाली स्टाइकर निराजन रायमाझीले ह्याट्रिक गरेका थिए । विश्वकप छनोटमा निराजन ह्याट्रिक गर्ने पहिलो नेपाली हुन् ।

छनोट चरणमा निराजनले सर्वाधिक ५ गोल गर्न सफल भए । उनले सबै पाँच गोल मकाउविरुद्ध गरेका थिए । वसन्त थापाले दुई गोल, दीपक लामा र हरि खड्काले एक–एक गोल गरे । नेपालले ६ खेलमा दुई जित र चार हारको सामना गर्दै ६ अंक बटुल्यो । यसपटकको छनोटमा नेपालले विपक्षी पोस्टमा १३ गोल गर्दा २५ गोल खायो ।

सन् २००६ (जर्मनी)

अघिल्लोपटकको छनोटमा ऐतिहासिक प्रदर्शन गरेको नेपाली टोलीले जर्मनीमा हुने विश्वकपअन्तर्गत छनोट चरणमा भाग लिने विश्वास थियो । तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले अप्रत्यासित रूपमा जर्मनीमा हुने विश्वकपमा भाग नलिने घोषणा गरे । यो घोषणाले खेलाडीहरू निरास बने ।

उनले विश्वकप छनोट खेल्दा एन्फालाई आर्थिक भार हुने र नतिजा पनि नआउने भन्दै एसियन छनोटमा भाग नलिने निर्णय गरे । चार वर्षभित्र टोलीलाई राम्रो बनाउने र आर्थिक भार सुधार आउँदा मात्र सन् २०१० को विश्वकप छनोट खेल्ने जनाए । २००६ मा नेपालले सहभागिता नै जनाएन ।

सन् २०१० (दक्षिण अफ्रिका)

तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले चार वर्षअघिको निर्णय कार्यान्वयन गरे । उनले दक्षिण अफ्रिकामा हुने विश्वकप छनोटमा नेपाली टोलीलाई सहभागी गराए । खेलाडीले ८ वर्षपछि विश्वकप छनोट खेल्ने अवसर पाए । यसपटकको एसियन छनोटमा एसियाबाट सर्वाधिक ३८ राष्ट्रले भाग लिए ।

एएफसीले पहिलो र दोस्रो लेगअनुसार प्रतिस्पर्धा गरायो । नेपालले ओमानविरुद्ध खेल्यो । ओमानको मस्कटमा भएको पहिलो लेगमा नेपाल ०–२ ले पराजित भयो । त्यसपछि दोस्रो लेग काठमाडौंमा भयो । दशरथ रंगशालामा भएको दोस्रो लेगमा ओमानले नेपाललाई २–० ले हराउँदै दोस्रो चरण स्थान पक्का पा(यो । यसपटकको छनोटमा नेपालले चार गोल खायो ।

सन् २०१४ (ब्राजिल)

यसपटकको विश्वकप छनोट चरणमा नेपालले इतिहास रच्यो । नेपाल पहिलोपटक एसियाली छनोटको दोस्रो चरणमा पुग्यो । कप्तान सागर थापा र प्रशिक्षक ग्राहम रोबर्टको प्रशिक्षणमा नेपालले इस्ट टिमोरलाई हराउँदै दोस्रो चरण स्थान सुरक्षित ग(यो ।

इस्ट टिमोरसँग फुटबल मैदान नभएकाले एएफसीले दुवै लेग दशरथ रंगालामा गराउने निर्णय ग¥यो । पहिलोे लेगमा नेपालले इस्ट टिमोरलाई २–१ ले हरायो । पहिलो लेगमा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए । दोस्रो प्ले अफमा नेपालले इस्ट टिमोरमाथि ५–० को सानदार जित निकाल्यो । दोस्रो लेगमा अनिल, जुमानु, जगजित श्रेष्ठ, शिव श्रेष्ठ र भोला सिलवाल गोल गर्न सफल भए ।

दोस्रो चरणमा नेपालको प्रतिद्वन्द्वी जोर्डन रह्यो । त्यसवेला जोर्डन एसियाली बरीयतामा शीर्ष १० भित्र थियो । एसियाकै एक बलियो राष्ट्रविरुद्ध नेपाल निरीह देखियो । जोडर्नमा भएको पहिलो लेगमा नेपाल ९–० ले पराजित भयो । नेपालले तेस्रो चरण स्थान सुरक्षित गर्न काठमाडौंमा हुने दोस्रो लेगमा १०–० ले हराउनुपथ्र्यो । जुन एक हिसाबले अकल्पनीय नै थियो ।

दोस्रो लेग हुँदा घनघोर वर्षा भयो । हिलाम्मे मैदानमा खेल्न खपिस नेपाली खेलाडीले जोर्डनलाई १–१ को बराबरीमा रोक्न सफल भए । दोस्रो लेगमा नेपालका लागि भरत खवासले गोल गरेका थिए । यसरी नेपाल दोस्रो चरणमै सीमित भयो । यसपटकको छनोटमा नेपालले ११ गोल खाँदा ७ गोल विपक्षी पोस्टमा ग(यो ।

सन् २०१८ (रसिया)

अर्को सातादेखि रसियामा विश्वकप सुरु हँुदै छ । रसिया विश्वकपका लागि एसियन छनोटमा नेपालले प्रतिस्पर्धा ग(यो । यसपटक नेपालले दक्षिण एसियाकै चिरपरिचित प्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा ग(यो । एएफसीले भारतविरुद्धको खेललाई विश्वकप तथा एसियन छनोटका रूपमा घोषणा गरेको थियो ।

जित्ने टोली विश्वकप र एसियन कपको अर्को चरणमा छनोट हुने थियो । नेपालले भारतविरुद्ध इन्दिरा गान्धी रंगशालामा प्रतिस्पर्धा ग(यो । यो खेलमा नेपालले २–० ले पराजय बेहो(यो । दोस्रो लेग काठमाडौंमा भयो ।

दोस्रो चरणमा पुग्न नेपालले कम्तीमा पनि ३–० को नतिजा निकाल्नुपथ्र्यो । तर, नेपाल भारतसँग गोलरहित बराबरीमा रोकियो । नेपाल विश्वकप र एसियन छनोटको पहिलो चरणबाटै बाहिरियो ।नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको