सुन तस्करी पछी प्रहरीकै गाडीमा काठ तस्करी,डिआइजीको नेतृत्वमा छानबिन समिति गठन



हाम्रो इकोनोमि

प्रहरीकै गाडीमा भएको काठ तस्करीको छानबिन गर्न सशस्त्र प्रहरी बलले छानबिन समिति गठन गरेको छ। डिआइजी सुरज श्रेष्ठको नेतृत्वमा शुक्रबार छानबिन समिति गठन गरेको हो।

    सशस्त्र प्रहरी बल नेपाल अरुण गुल्म, चैनपुर संखुवासभाको गाडीमा अवैध रुपले काठ राखेर तस्करी लागेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मूलघाट धनकुटाले पक्राउ गरेपछि तस्करी प्रकरण बाहिर अँएको थियो।

 डिआईजी श्रेष्ठको अध्यक्षतामा गठित छानवीन समितीमा सशस्त्र प्रहरी उपरीक्षक नेत्र कुमार खत्री र सशस्त्र प्रहरी नायव उपरीक्षक कमल प्रसाद तिउसीना सदस्य छन्। ‘सो गुल्मले सोही इकाईको गाडीमा अवैध रुपले काठ राखेर अन्यत्र लैजान लागेको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सो घटनालाई गम्भिर्यतापूर्वक लिँदै छानवीन समिती गठन गरिएको हो,’ सशस्त्र प्रहरीको बिज्ञप्तीमा भनिएको छ,‘  उक्त घटनामा छानविनबाट दोषी देखिएका उपर आवश्यक कडा कारवाही गरिने छ ।’

संखुवासभाको अरुण गुल्मका डिएसपी रामप्रसाद भण्डारीलाई त्यहाँबाट हटाएर यसअघि नै पूर्व क्षेत्र बाहिनीले छानबिन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...